2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा (९ तरिका सहित)

साउन १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजाअनुसार नियमिततर्फ ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या ३ हजार ६७ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ ।

२.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उतीर्ण भएको बोर्डले जनाएको छ ।

परीक्षाफल सम्बन्धि जानकारी तलको तरिकाहरुबाट पाउन सकिन्छ 

१. राष्ट्रिय परीक्षा वोर्ड – www.neb.gov.np

२. नेपाल टेलिकम – www.neb.ntc.net.np 

३. www.edusanjal.com 

४. www.theconnectplus.com 

५. www.ekantipur.com 

SMS मार्फत: 

१. नेपाल टेलिकमको 1600 मा SMS गर्ने तरिका: NEB Symbol No. टाइप गरि 1600 मा SMS गर्ने 

२.  NEB Symbol No. टाइप गरि 35001 मा SMS गर्ने 

३. NEB Symbol No. टाइप गरि 31003 मा SMS गर्ने 

IVR सेवा मार्फत: 

नेपाल टेलिकमको 1601 मा डायल गरि प्राप्त निर्देशन अनुसार गर्ने 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई