२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु

१४ श्रावण २०७६, मंगलवार ०४:३७

साउन १४, मुग्लिन। पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई  खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ । 

यसैबीच गोहीको आक्रमणबाट एक घाइते भएका  छन् ।  चितवनको  माडी नगरपालिका–१ रिउखोलामा भैँसी चराउन जाने क्रममा सोमबार  दिउँसो ३ः४५ बजे गोहीको आक्रमणबाट माडी नगरपालिका–१ पाण्डवनगर बस्ने २३ वर्षीय सूर्य बोट घाइते भएको प्रहरी प्रवक्ता काइरालाले  जानकारी दिनुभयो । घाइतेको  अवस्था मध्यम रहेको छ । उनको  सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करीब रु आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

फरार दुई अभियुक्त पक्राउ

चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष  १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो ।

शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद  थप गरी  अनुसन्धान  कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

चोरी गर्ने पक्राउ

रातको समयमा भरतपुर क्षेत्रमा चोरी गर्दै हिँड्ने एक पक्राउ परेका छन् । धादिङ जिल्ला चैनपुर गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला नवलपरासी गैँडाकोट बस्ने वर्ष २३ का बुबेश वागदास र जिल्ला प्यूठान झिमरूक गाउँपालिका–२ घर भई जिल्ला गैँडाकोट बस्ने वर्ष २३ का विजय केसीलाई प्रहरीले पक्राउ हो । उनीहरुको साथबाट एक थान सलाई रेन्च, पेचकस ताल्चा थान र साइकलको स्ट्याण्ड डण्डीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो