२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना पूर्व सहकर्मी मृत भेटिएको खबरसँगै पत्रकार लामिछानेद्वारा श्रद्धाञ्जली

२०७६, २१ श्रावण मंगलवार ०४:४०

साउन २१, काठमाडौँ | माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । 

सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका पुडासैनी झुन्डिएको अवस्थामा भेटिएका थिए । होटलमा खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी होटलको कोठाभीत्र पंखामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । 

पत्रकार रवि लामिछानेद्वारा श्रद्धाञ्जली

डेढ महिना अघि मात्र न्युज २४ छोडेका पुडासैनी मृत भेटिएको खबर पुष्टि भएसँगै पत्रकार रवि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार रवि लामिछानेले सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै आफ्नो पुर्व सहकर्मीको मृत्युको खबरले स्तब्ध भएको कुरा व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन् 'मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलान् । छातीमा लात्त्ती खाई खाई पनि प्रश्न सोध्न नडराउने उनको छाति भित्रको मुटु यति कमजोर थियो जस्तो मलाई कहिलेपनि लागेन।नयाँ अवसर मिलेको छ दाइ, केहि गर्छु भनेर करिब ढेड महिना जति अघि टिमबाट बिदा लिएर गएका भाइ शालिकराम, हिजो राति चितवनको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका छन। यो घटना उनको ब्यक्तिगत जीवन वा पत्रकारिता मध्य के ले प्रभावित पारेर भयो भन्ने लगायतका तथ्य त प्रहरी अनुसन्धान पछि आउला तर भाइ शालिकराम चाहिँ अब कहिले नआउने गरि बिदा भए। शालिक,सिधाकुरा टिम तिमीलाई सधै सम्झिरहने छ। हार्दिक श्रद्धाञ्जली भाइ ।' 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनि माउन्टेन टेलिभिजनको प्रख्यात कार्यक्रम मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार हुन् । डेढ महिना अघि मात्र न्यूज–२४ छाडेका पुडासैनीलाई नजिकबाट चिन्नेहरुले निकै निडर र आफ्नो पेशाप्रति इमान्दार पत्रकारको रुपमा बुझेका छन् । उनको मृत्युको खबरसँगै पत्याउनै नसकिने घटना भएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु गरिएका छन् । 

अहिले घटना स्थलमा पत्रकार पुडासैनीका आफन्तहरु पुगिसकेका छन् भने केहि आफन्तहरु बीच बाटोमै रहेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा