२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापान जाने सोचमा हुनुहुन्छ ? नेपालमा नै शुरु भयो ई-लर्निङ सेवा

२०७६, २३ श्रावण बिहीबार ०८:४१

साउन २३ काठमाडौं । जापान जान चाहने नेपालीहरुको लागि लक्षित गरि जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमका विच जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौता गरिएको हो। 

जापानस्थित जापान इन्ष्टिच्युट अफ कल्चर एण्ड इकोनोमी (जेआइसिई)का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिंकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरे । 


जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययन तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए।  'जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई-लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने। 

ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने सिइओ सुनिइचीले दावी गरे। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिन्छ भन्ने राम्रो उदाहरण दिनको लागि नेपालमा प्रचार प्रसारको आवश्यक तयारी गरिएको नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए। 

सम्झौतासंगे पहिलो चरणमा नेपालमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गर्छौं ओझाले भने 'नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गर्दै जानेछौं ।' 


ई–लर्निङ के हो ? 

इन्टरनेटका माध्यमबाट आफ्नो अनुकुलतामा अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो।  ई-लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिने व्यवस्था गरिएको जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए । आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ। यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको ओझाले जानकारी दिए । 


ई–लर्निङ सेवा कसरी लिने ? 

ई-लर्निङ सेवा अन्तर्गत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ। सो आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।  ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि विभिन्न जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने जेआइसिईका सिइओ नाकाता सुनिइचीले बताए। एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ । 

आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्‍यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिने सुनिइचीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी