2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

 साउन २३, रुपन्देही (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । 

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले  तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भन्नुभयो “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ ।”

कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुने र विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने बताउनुभयो ।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताउनुभयो । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उहाँले बताउनुभयो । पहिलोपटक रुपन्देही आउनुभएका मन्त्री भट्टराई उक्त विमानस्थल  निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह