२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

२५ श्रावण २०७६, शनिबार १०:१६

साउन २५, सुर्खेत | काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी दिएको हो । 

सम्मेलनमा १८ देखि ३० वर्षका महिला र पुरुष समावेश हुने युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले बताउनुभयो । “यहाँ उत्पादन हुने रैथाने खाद्यान्नमा फाँपर, सिमी, कालीमार्सी धान, चिनो, जौ, कागुनो, उवा, लट्टे लिएर जान्छौं,” उहाँले भन्नुभयो, “साँस्कृतिक सामग्रीमा सिमल, उत्तीस र टुनी काठबाट बनेका पिर्का, खटिया, मधुस, कोशी, बटुको, मदानीजस्ता सामग्री सम्मेलनमा प्रदर्शन गर्छौं ।” त्यस्तै, परिचयसहितको कर्णालीका पर्यटकीय गन्तव्य पनि प्रदर्शन गरिने संयोजक सुनारले बताउनुभयो ।

यसैगरी हिमाली चिया, चिराइतो, दाल, स्याउको चिप्स, सिस्नुको साग, मह, भागोको तेल, चौंरीको छुर्पी, टिमुर, निखुरो, जिम्मुको महत्व पनि सम्मेलनमा दर्शाइने छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय दिवसका अवसरमा हुन लागेको राष्ट्रिय युवा सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, लैगिङ्क समानता, दिगो विकासका लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलता मुख्य विषयमा बहस हुने उहाँले बताउनुभयो ।  

सम्मेलनमा प्रत्येक प्रदेशका सहभागीले कार्ययोजना तयार गरी त्यसबाट प्राप्त हुने सुझाव समेटेर ‘काठमाडौं घोषणापत्र २०१९’जारी गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सम्मेलनमा ७७ जिल्लाका एक महिला र एक पुरुष एवं ५० जना विभिन्न सामाजीक  सङ्घ/सङ्घसंस्था, समुदाय र वर्गगरी २०४ जनाको सहभागिता रहनेछ ।

माथीको तश्वीरमा: काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’ को तयारीका लागि नेपाल युवा परिषद् कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राउटे हर्के पुजारी सहभागीलाई नमस्कार गर्दै । कार्यक्रममा कर्णालीको रैथाने खाद्यान्न, राउटेद्वारा निर्मित सामग्री पनि राखिएको थियो ।  तस्बिरः शुरबहादुर सिंह
पत्रकार सम्मेलनमा सम्मेलनमा सहभागि हुने ममता अधिकारीले कर्णाली बोकेर सम्मेलनमा भाग लिने र सहभागीलाई बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिकसहित प्राकृतिक रुपले विविधतायुक्त कर्णाली प्रदेश भ्रमणको निम्तो दिएर आउने बताउनुभयो । युवा खगेश्वर मल्लले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधार धार्मिक, साँस्कृतिक, कृषि, खेल र पर्यापर्यटन भएकाले यसको सन्देश सम्मेलनमार्फत फैलाउने प्रतिक्रिया दिनुभयो । 

राष्ट्रिय सम्मेलनबाट जारी ‘काठमाडौँ घोषणापत्र २०१९’ काठमाडौंबाट फर्केर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाउने र अबका दुई महीनाभित्र ‘कर्णाली युवा सम्मेलन’ सम्पन्न गर्ने नेपाल युवा परिषद् कर्णाली परिषद्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की