2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक शिक्षालाई विकासको मुख्य एजेण्डा बनाउनु पर्छ: उपाध्यक्ष कँडेल

साउन २६ , काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सार्वजनिक शिक्षालाई राष्ट्रिय विकासको मुख्य एजेण्डाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर शनिवार राजधानीमा राष्ट्रिय युवा महासंघ नेपालले आयोजना गरेको ‘सार्वजनिक शिक्षा प्रणालीका आयामहरु’ विषयक अन्र्तरक्रिया कार्यक्रममा उपाध्यक्ष कँडेलले सो कुरा बताएका हुन् । 

जनताको जीवनलाई सहज हुने खालको शिक्षा प्रणाली लागु गर्न सरकार अगाडी बढेको बताए । उपाध्यक्ष कँडेलले शिक्षा गुणात्मक र आम जनताको पहुँचमा पु¥याउन जरुरी रहेको बताउँदै युवा जमातले पनि सार्वजनिक शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन राष्ट्रियव्यापी अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । 

शिक्षाको गुणस्तर तथा योजना दीगो खालको हुने गरेको र  शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा तत्काल राज्यले नै ध्यान पु¥याउन नसकेको स्वीकारे । कुल बजेटको ९० प्रतिशत भौतिक पूर्वधारका लागि मात्र माग हुदैँ आएको र बाँकी १० प्रतिशत पनि शैक्षिक गुणस्तरभन्दा पूर्वाधारमै खर्च हुने गरेको बताए । 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा. मनाप्रसाद वाग्लेले सार्वजनिक शिक्षालाई निजिकरण गर्दै लागेकोमा दुःख व्यक्त गरे । वर्तमान शिक्षा क्षेत्रमा हुने गरेको विकृति नहटेसम्म नेपालको समग्र शिक्षा प्रणालीमा सुधार नहुने बताए । नेपालमा अंग्रेजी शिक्षा पढाउने नाममा छुट्टाछुट्टै कक्षा कोठा सञ्चालन गरी विभेदकारी शिक्षा प्रणालीको सुरु गरेको बताउँदै शिक्षा क्षेत्रलाई नै ध्वस्त बनाएको डा. वाग्लेको भनाई छ । उनले भने–‘सार्वजनिक शिक्षा खतम हुनु भनेको देशको सामाजिक तथा नैतिक रुपमा संकट आउनु हो ।’ 

कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष वावुराम थापाले ८० लाख विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्दै आईरहेको अवस्थामा सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन राज्य र सरोकारवालाको ध्यान अझै पुग्न नसकेको बताए । अवको परिवर्तनको हिस्सा युवा भएकोले मुलुक रुपान्तरणमा ध्यान दिन अध्यक्ष थापाले आग्रह गरे । उनले सार्वजनिक शैक्षिक संस्थाहरु जबसम्म बलियो हुन सक्दैन तबसम्म परिवर्तन हुन नसक्ने बताए । थापाले अध्ययनको विषयमा रुचिको पहिचान गरी आफ्ना छोराछोरीलाई शिक्षामा लगाउन अभिभावकलाई सुझाव दिए ।

कार्यक्रममा अर्थशास्त्री डा. धदिराम अधिकारीले बोल्दै सरकारले नीजि र सार्वजनिक दुवै शिक्षालाई सन्तुलनमा राखेर लानुपर्ने बताए । समाजवादको उन्मुख भन्दै शिक्षा क्षेत्रलाई नियन्त्रण गर्न नहुने बताए । शिक्षामा लगानी गर्न सबैले पाउनुपर्ने धारणा राख्दै उच्च शिक्षा लिन विदेश जाने विद्यार्थीहरुलाई सरकारले सहज बनाईदिनुपर्ने बताए । 

कार्यक्रमका सभापति तथा महासंघका अध्यक्ष सुजन घलेले कार्यक्रमको सार्थकता बारे चर्चा गर्दै शिक्षा क्षेत्रको आमूल परिवर्तन ल्याउन युवा वर्गको ध्यान पुग्नुपर्ने बताए । साथै अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने साताव्यापी कार्यक्रममा समेत सहभागीता जनाई युवा दिवसलाई उत्साहजनक बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई