साउन २६, एजेन्सी | बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् ।
बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै रोकिनेवाला छैन । किनकि दक्षिण कोरियाली कम्पनी सामसुङले निकट भविष्यमै १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउन लागेको छ ।
सोमबार अगष्ट १२ का दिन सामसुङले १ सय ८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । सामसुङले ट्वीटरमा एक आधिकारिक पोस्टर अपलोड गर्दै यसको जानकारी गराएको हो ।
गत महिना एउटा खबर आएको थियो, जसअनुसार सामसुङको १०८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सन् २०२० मा लञ्च हुने बताइएको थियो । तर सामसुङले त्यो मितिभन्दा निकै छिटो गरी उक्त स्मार्टफोन ल्याउने भएको हो ।