2026-09-19 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्स्टाग्राम ह्याकरले पाए ३४ पटक ३२ लाख रुपैयाँ पुरस्कार

साउन २७, एजेन्सी  | अहिलेको समयमा  साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ ।

 साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ । हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोटो सेयरिङ एप इन्स्टाग्रामले पुरस्कृत गरेको छ । लक्ष्मण मुथिया नामका ती ह्याकरलाई इन्स्टाग्रामले ३० हजार डलर नगर पुरस्कार दिएको हो ।

पेसाले सफ्टवेयर इन्जिनियर रहेका लक्ष्मण श्वेत टोपीधारी ह्याकर हुन् । उनले हालै इन्स्टाग्राम अकाउन्ट ह्याक गरे र त्यसबापत ३० हजार डलर पुरस्कार पाए । तर उनले यसरी ह्याकिङबापत पुरस्कार पाएको यो पहिलोपटक होइन । उनले यसअघि ३४ पटक यसरी पुरस्कार पाइसकेका छन् ।

इन्स्टाग्राममा रहेको सुरक्षा कमजोरी पत्ता लगाई ह्याक गरेबापत उनलाई इन्स्टाग्रामले पुरस्कृत गरेको हो । उनकै सुझावका आधारमा इन्स्टाग्रामले उक्त कमजोरीलाई सच्चाइसकेको छ । यसअघि एकपटकमा १० लाखवटा कोडहरु हालेर इन्स्टाग्राम अकाउन्ट ह्याक गर्न सम्भव थियो ।

 तर उनले त्यो कमजोरी पत्ता लगाइसकेपश्चात् इन्स्टाग्रामले एकपटकमा दश मिनेट भित्रमा केवल १० वटामात्रै कोड हाल्न सकिने बनायो, जसका कारण लाखौं अनुमानित कोडहरु एकसाथ हालेर ह्याकिङ गर्न असम्भव भयो । सोहीबापत इन्स्टाग्रामले उनलाई पुरस्कृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई