९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वयम्भु गोलीकाण्ड: गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

२७ श्रावण २०७६, सोमबार ११:१५

साउन २७, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद मच्चिएको छ  |

स्वयम्भु गोलीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि कारवाहीको सिफारिस गरेको छ । आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले लोप्साङ र अमृत तामाङलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गर्‍यो ।

गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई तिल्पुङकै वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए । अध्यक्ष खड्काले आफ्नै सहकर्मीमाथि लगाएको यस्तो आरोपलाई नेकपाले गम्भीरतापूर्वक लिएको नेकपाका गाउँ कमिटी संयोजक उद्धव कडरियाले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले संगीन आरोप लगाएपछि वडाध्यक्ष बोहराले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिए । त्यस लगत्तै लिखु तामाकोशी गाउँपालिका कमिटी संयोजक कडरियाको अध्यक्षतामा नेकपाको बैठक बस्योे ।

बैठकले सर्वसम्मतरुपमा अध्यक्ष खड्कामाथि कारवाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको संयोजक कडरिया बताउँछन् । बैठकमा गाउँपालिका अध्यक्ष खड्काबाहेक सो गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने नेकपाका २० जना जिल्ला सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।

सबै घटनाक्रम बुझ्दा गाउँपालिका अध्यक्ष खड्काले गोलीकाण्डलाई आफ्नो रक्षाकवचका रुपमा प्रयोग गरेर उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई फसाउन खोजेको ठहरसहित पार्टीले तत्काल कारवाही गर्न जिल्ला कमिटीलाई गाउँपालिका कमिटीले सिफारिस गरेको अर्का पार्टी सदस्यले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ