२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ नोट टेनको बुकिङ खुल्यो, नेपाल बाटै बुकिङ गर्न सकिने, कति पर्छ मूल्य ?

२९ श्रावण २०७६, बुधबार ०८:५१

साउन २९, काठमाडौं | दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएको छ। विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको छ। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ गर्न सकिने छ। नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन खरिद गर्नका लागि बुकिङ गर्न सकिने छ। बुकिङ गर्नका लागि यो लिंकमा क्लिक गरेर  दिइएको निर्देशनअनुसार फर्म भर्नुपर्ने छ।

यस्ता छन् मूल्य र विशेषता

नोट टेन


नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। पुरै मोबाइलको ९० प्रतिशत स्क्रिन भएको यो फोनको स्क्रिन रेजुलेसन भने २२८०*१०८० पिक्सेल रहेको छ। एन्ड्रोयडको नाइन पाइ रहेको यसमा सामसङकै युआइ अनटप पनि हुने छ।

स्न्यापड्रयागन८५५ चिपसेट भएको यो फोनको स्टोरेज भने २५६ जिबी छ। यसको र्‍याम भने १० जिबी रहेको छ। यसमा क्षमता बढाउने बिकल्प छैन। ३५०० एमएएचको ब्याट्री क्षमता भएको यसमा एकदिन निरन्तर चलाउँदा पनि काम गर्ने कम्पनीको दाबी छ।

तीनवटा क्यामेरा भएको यो स्मार्टफोनमा प्राइमेरी १२,टेलीफोटो १२ र अल्ट्रावाइड एंगलका लागि १६ मेगापिक्सेलको लेन्स रहेको छ। सेल्फी खिच्ने फ्रन्ट क्यामेरा भने १० मेगापिक्सेलको छ। यसको नेपाली बजारमा १ लाख १६ हजार मूल्य रहेको छ।

टेन प्लस

टेन प्लसलाई ल्यापटप बिर्साउने स्मार्टफोन दाबी गरिएको छ। यसमा भएको स्टोरेज क्षमता र विस्तार गर्न मिल्ने बिकल्पका कारण यसलाई ल्यापटप बिर्साउने स्मार्टफोनका रुपमा चर्चा गरिएको छ। ६.८ इन्चको डिस्प्ले भएको यो फोनको ब्याट्री क्षमता पनि ४३०० एमएएच रहेको छ। १२ जिबी र्‍याम भएको यो स्मार्टफोन २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ। यसमा एसडी कार्ड राखेर स्टोरेज बढाउन मिल्ने बिकल्प कम्पनीले दिएको छ।

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ। यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ। तर टेन प्लसका लागि भने फोटाका लागि केही थप सुविधा छन्। जसमा एआर भिडियो तथा ड्रइङका लागि चौथो क्यमेरा रहेको छ।

यसको नेपाली बजारमा शुरुवाति मूल्य १ लाख ३५ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै