२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा आत्मघाती बम विस्फोट, २० जना घाइते

२०७६, १ भाद्र आईतवार ०७:०१

भदौ १, काठमाडौं । अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कैयन हताहती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन । काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

प्रत्यक्षदर्शीहरुले विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् । विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ । प्रत्यक्षदर्शीले फरगले बताएअनुसार विस्फोटलगत्तै सबै मानिस आत्तिँदै बाहिर निस्केका थिए । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घाइते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको विस्फोटबाट मानिसहरु हताहती भए पनि विवरण संकलनको काम भइरहेको बताए । ‘विस्फोटबाट ठूलो हताहती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्षतिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आर्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशानामा पर्दै आइरहेका छन् ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् । शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा विस्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आक्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । 

तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं सेना तैनाथ गराए पनि त्यहाँ थप हिंसाका घटनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण