२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा आत्मघाती बम विस्फोट, २० जना घाइते

१ भाद्र २०७६, आईतवार ०७:०१

भदौ १, काठमाडौं । अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कैयन हताहती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन । काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

प्रत्यक्षदर्शीहरुले विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् । विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ । प्रत्यक्षदर्शीले फरगले बताएअनुसार विस्फोटलगत्तै सबै मानिस आत्तिँदै बाहिर निस्केका थिए । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घाइते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको विस्फोटबाट मानिसहरु हताहती भए पनि विवरण संकलनको काम भइरहेको बताए । ‘विस्फोटबाट ठूलो हताहती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्षतिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आर्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशानामा पर्दै आइरहेका छन् ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् । शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा विस्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आक्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । 

तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं सेना तैनाथ गराए पनि त्यहाँ थप हिंसाका घटनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य