2026-10-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रवि लामिछाने प्रकरणमा हाम्रो नेतृत्वको नामै किटेर गरिएको नाराबाजी स्वीकार्य छैन:नेकपा चितवन

भदौ २, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवि लामिछानेका समर्थकहरूले चितवनमा गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ। नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर घटनासँग आफ्नो पार्टीको नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति जनएको हो।

‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन,’ जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ।

नेकपाले रवि लामिछानेको समर्थनमा भइरहेका प्रर्दशनमा सहभागी नहुन पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीले आफूलाई पत्रकार रवि लामिछानेलगायतले मर्न बाध्य पारेको भिडिओ खिचेर चितवनमा  आत्महत्या गरेका थिए।

सोही भिडियोको आधारमा चितवन प्रहरीले रवि लामिछानेसहित तीन जनालाई पक्रेर अनुसन्धान गरिरहेको छ। जनतासँग सिधा  कुरा कार्यक्रमका प्रस्तोता लामिछाने थुनिएपछि उनका समर्थकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योजनामा लामिछानेलाई फसाइएको भन्दै नाराबाजी गर्ने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ