जेठ १३, काठमाडौ |"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौ |"/>
२० चैत्र २०८१, बुधबार
खेलकुद

कोलकाता हैदारावादसँग पराजित, फाइनलका लागि फेरी गुजरातसँग भिड्ने

१३ जेष्ठ २०७३, बिहीबार ०७:३०

जेठ १३, काठमाडौ | इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको बुधबारको खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै सनराइज हैदारावादले फाइनल खेलमा प्रवेश गर्ने बलियो मौका पाएको छ ।

बुधबार राति भएको एलिमिनेटरमा हैदरावादसँग कोलकाता २२ रनले पराजित भएको हो । यो हारसँगै कोलकाता खेलबाटै बाहिरिएको छ । विजयी भएको हैदरावादले अब फाइलनमा प्रवेश गर्नको लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग शुक्रबार दोस्रो क्वालिफाएर खेल्नेछ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनायो। उसका लागि मनिष पाण्डेयले ३६, कप्तान गौतम गाम्भीरले २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए।

यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका युवराज सिंहले ४४, मोइसिस हेनरिक्सले ३१ तथा कप्तान डेविड वार्नरले २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए ।

शुक्रबार दोस्रो क्वालिफाएर खेलपछि विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसँग फाइनल खेल खेल्नेछ । रोयल च्यालेन्जर्स बैंग्लोर यसअघिनै गुजरातलाई हराएर फाइनलमा पुगिसकेको छ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइलन आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा