२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारभित्र मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ भेटियो

२०७६, ३ भाद्र मंगलवार १०:०२

भदौ ३, काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे । 

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ । 

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा समेत भेटिएको छ । आयोगका कर्मचारीले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

केसीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस 

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला

http://sajhasawal.com.np/kathmandu/society/58048

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज