2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२९ वर्षीया महिलाले जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माईन

भदौ ४, एजेन्सी | काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ ।

उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी लिलिया कोनोभालो जब दोस्रोपटक सुत्केरी हुन क्लिनिक पुगिन् तब त्यहाँका डाक्टरलाई उनी युटेरस डिडेल्फिस नामको निकै दुर्लभ स्थितीमा रहेको थाहा भइसकेको थियो । युटेरस डिडेल्फिसको अर्थ यो हो कि उनको दुईवटा पाठेघर छन् । डाक्टरलाई यसबारे सात वर्षअघि थाहा भइसकेको थियो जब उनी पहिलो पटक गर्भवती थिइन् । उनले निकै सहज तरिकाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । तर यसपटक उनको गर्भावस्था निकै कष्टकर रह्यो किनभने उनी जुम्ल्याहा सन्तानकी आमा बन्दैथिइन् जुन उनका दुईवटा पाठेघरमा छुट्टाछुट्टै हुर्किरहेका थिए ।

मे २४ तारिखमा कोनोभालोभाले २५ हप्तामा नै छोरी जन्माइन्, जसको तौल ८५० ग्राममात्र थियो । जसका कारण उनले थुप्रै हप्ता इन्टेन्सिभ केयरमा बिताउनु पर्यो । उनको दोस्रो छोरा अगस्ट ९ मा जन्मिएका हुन् । उनको तौल २.९ केजी थियो ।

‘मेरो छोरालाई यो संसारमा आउन त्यति हतार भएन,’ लिलियाले पत्रकारलाई भनिन्, ‘जब मलाई आफ्नो स्थितीबारे थाहा भयो तब म निकै चकित परेकी थिएँ । म आफ्नी छोरीको लागि अत्यधिक चिन्तित थिएँ । तर हाम्रा डाक्टर निकै उत्कृष्ट थिए । उनीहरुले जे गरे त्यो चमत्कारभन्दा कम थिएन । उनीहरुले आफूलाई प्रमाणित गराए ।’

अब उनका दुबै सन्तानको तौल लगभग तीन किलो छ । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारीमा गरिरहेको छ । लिलीको अवस्था र जसरी उनले जुम्ल्याहा सन्तानलाई जन्माइन् यो काजकिस्तानको इतिहासको पहिलो घटना बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने