१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङ्ग्रह’

७ भाद्र २०७६, शनिबार १३:४५

भदौ ७, कास्की | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताउनुभएको छ । 

पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई हराउन मोर्चाबन्दी भइरहेकाले त्यसका विरुद्ध तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । विपक्षीले निर्वाचनलाई दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारका विरुद्ध जनमत बनाउन उपयोग गर्न सक्नेतर्फ सचेत रहनुपर्ने उहाँको भनाइ थियो । “निर्वाचनलाई पार्टीको अग्नि परीक्षा र मिनी जनमत सङग्रहको रुपमा लिनु पर्दछ”, पूर्वशिक्षामन्त्री तुलाधरले भन्नुभयो । 

गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले जनसम्पर्क मञ्च पार्टीको एकाइको रुपमा रहेको र यसका हरेक सदस्यले पार्टीको मूल्य, मान्यता र आदर्शलाई सिरोधार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीको प्रदेश नं ३ कमिटी सदस्य रामबहादुर भण्डारी, नेकपा कास्की सचिव बखानसिंह गुरुङ, धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, मञ्चका अध्यक्ष वीरबहादुर थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग