2026-10-23 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीमसेन जात्रा मनाइँदै

सुभानु आचार्य | भदौ ७, ललितपुर | ललितपुरको मङ्गलबजार परिसरमा आज साँझ भीमसेन जात्रा मनाइँदै छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको पूजा र आरधनाले वैभव वृद्धि हुँदै जाने जनविश्वास छ । 

प्रत्येक वर्ष भाद्र कष्ण नवमीका दिन भीमसेन जात्रा मनाइने चलन छ । आज साँझ करीब साँढे ४ देखि ५ बजेसम्म भीमसेनको सानो मूर्तिलाई पीतलको खटमा ल्याएर विराजमान गराई पहिलो चरणमा पूजाआजा गर्ने गरेको मङ्गल टोल सुधार सङ्घका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठले जानकारी दिनुभयो । 

“प्राचीनकालदेखि पूज्ने भीमसेनको विराठ मूर्तिलाई उचालेर ल्याउन सम्भव नभएकाले सानो मूर्तिलाई घुमाउने गरेका छौँ”, श्रेष्ठले भन्नुभयो, “करीब साँढे ७ देखि ८ बजे भित्रमा सो मूर्तिलाई पाटनको विभिन्न भागमा परिक्रमा गराउने तयारी भएको छ ।” गत वर्षमा मध्यरातमा गरिने सो जात्रा यो वर्ष चाँडै शुरु गरिने उहाँले बताउनुभयो । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धुप बालेर विशेष पूजा गरिने नेवार समुदायको भनाइ छ ।

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ

भीमसेन मन्दिरमा आज बिहान ५ बजेदेखि नै पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भिड लागेको सङ्घले जनाएको छ  ।  सो जात्रामा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेको सङ्घका महासचिव वीरन्द्रलाल श्रेष्ठले बताउनुभयो । 

“जात्रामा ९० प्रतिशत नेवार समुदायका मानिसले सहभागिता जनाउने गरेका छन्”, महासचिव श्रेष्ठले भन्नुभयो, “पाटनमा रहेका चार भीमसेनमध्ये च्यासल, सुन्धारा, छयबहालका अतिरिक्त मङ्गलबजारको मुख्य मन्दिरमा मेला लाग्नुका साथै जात्रा हुने गर्छ ।” भगवान् दर्शनमा लाइन लागेका मानिसलाई ४ बजे रोकी जात्राका लागि भगवान् तल ल्याउने काम केही घण्टाअघि गरिने बताइएको छ । 

जात्राको क्रममा खटमा राखिएको सो भीमसेनको मूर्तिलाई ‘भीमसेन महाराजकी जय’ भन्ने जय जय कार गरी रथ उठाउने गरेको पाटनवासीले बताएका छन् । सो जात्रा गर्दा भीमसेनलाई मङ्गलबजार, हखा, सुन्धारा, ओकुबहाल, थैना, पूर्णचण्डी, गाःबहाल, पिमबहाल, बङ्गलामुखी, कोबहाल हुँदै मङ्गलबजार ल्याइन्छ । 

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ

नगरपरिक्रमाको काम समापनपछि सो मूर्तिलाई पाँच वा १० मिनेटबाहिर चोकमा राखी पुनःमन्दिरमा भित्र्याउने चलन रहेकोे सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिनुभयो । 

“भीमसेन भगवान्लाई नगर परिक्रमा गराउँदा कुनै गल्ती भयो की भन्दै हाँस काटेर क्षमा पूजा गर्ने चलन रहेको छ”, सचिव धारीले भन्नुभयो, “मन्दिर दर्शन गर्न १० औं हजार मानिस पाटन आउने गरेका छन् ।” सो दिनमा नेवार समुदायका मानिसले सकेसम्म भोजभतेर खाने परम्परा रहेको बताइएको छ । 

जात्राको अवसरमा अगाडि भीमसेनको रथ पछाडि विभिन्न बाजा नगरा, खिँ, मृदन्ग र धिमे बजाएर सुगन्धमय धूपबाली भजनकिर्तन गरी हिड्ने गरेको सो मन्दिरका पूजारी रमेश कपालीले जानकारी दिनुभयो । “नगरपरिक्रमा गर्दा तीनदेखि चार घण्टाको समय लाग्छ”, कपालीले भन्नुभयो, “जात्राको चाँैथो दिन बोका काटी चतुर्थी पूजा गरेर करीब सात समय मानिसले भोज खाने गरेका छौं ।” 

ललितपुर पाटन दरबार क्षेत्रमा शनिबार साँझ ऐतिहासिक भीमसेनको खट जात्रा गर्दै जात्रालु । तस्वीरः रत्न श्रेष्ठ 

जात्राको भोजलाई भव्यताका साथअघि बढाउन ललितपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले ठूलो रकमको आर्थिक सहयोग गर्नुभएको छ । भीमसेन जात्राको स्वागतमा पाटनका टोलवासीले आफ्ना घर–घरमा पूजाको सामग्री लिएर बस्ने गर्छन् । भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाज जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने