२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

७ भाद्र २०७६, शनिबार १७:०८

भदौ ७, जेनेभा (रासस-सिन्ह्वा) | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताउनुभयो । उहाँले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।”

डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।

उहाँले भन्नुभयो, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।”

कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य