भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ ।” उहाँले भन्नुभयो । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्र्रह गरेको छ । देशको पीश्चमी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्याकाको न्युनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ ।

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
यस्तो रहनेछ आगामी तीन दिनको मौषम
Leave a Comment