2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ वर्षे युवतीले ८३ वर्षीय बुढोसँग विवाह गरिन्

भदौ  ११, एजेन्सी | इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।

 

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि ८ जनाका हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् । ८३ वर्षे सुदिर्गोले भने आफूहरुबीचको उमेर भिन्नताका कारण नै रोमान्टिक सम्बन्ध असम्भव ठानेको बताए ।

विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो ।   नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । सुदिर्गोका सन्तानमध्येका जेठो छोरा (जो उनका बुवाको उमेरका छन्) लाई मनाउन अलि गाह्रो भयो । २७ वर्षेले आफ्नै उमेरकोसँग किन विवाह गरिनन् ? उनीहरु जान्न चाहन्थे ।

‘हो, साँच्चै नै मेरा श्रीमानका सन्तानले मलाई मेरै उमेरका पार्टनर किन नछानेको भनेर धेरैपटक प्रश्न गरे, तर मलाई मेरै हजुरबुवाको माया लाग्छ,’ नुराइनीले ट्रिबन जातेङ्गलाई भनिन् । तार्ती, सर्दिगोकी छोरीले पत्रकारसँगको कुराकानीमा नुराइनीलाई आफ्नै उमेरको पार्टनर खोज्न पटकपटक आग्रह गरेको बताइन । सुर्दिगोको जीवन संगिनी बन्ने उनको अभिलाषा देखेर उनीहरुले यो जोडीलाई आशिर्वाद दिएको बताइन् ।

नुराइनी र सर्दिगोले अगस्ट १८ तारिखमा विवाह गरेका हुन् । यो युवतीको दोस्रो विवाह थियो भने सर्दिगोको चौथो । उनीहरुबीच ५६ वर्षको उमेर भिन्नताबारे विवादका बीच सर्दिगोका सन्तानले उनकी नयाँ सौतेनी आमाले आफ्नो बुवालाई साँच्चै नै माया गर्ने गरेको बताइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै