2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ वर्षे युवतीले ८३ वर्षीय बुढोसँग विवाह गरिन्

भदौ  ११, एजेन्सी | इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।

 

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि ८ जनाका हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् । ८३ वर्षे सुदिर्गोले भने आफूहरुबीचको उमेर भिन्नताका कारण नै रोमान्टिक सम्बन्ध असम्भव ठानेको बताए ।

विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो ।   नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । सुदिर्गोका सन्तानमध्येका जेठो छोरा (जो उनका बुवाको उमेरका छन्) लाई मनाउन अलि गाह्रो भयो । २७ वर्षेले आफ्नै उमेरकोसँग किन विवाह गरिनन् ? उनीहरु जान्न चाहन्थे ।

‘हो, साँच्चै नै मेरा श्रीमानका सन्तानले मलाई मेरै उमेरका पार्टनर किन नछानेको भनेर धेरैपटक प्रश्न गरे, तर मलाई मेरै हजुरबुवाको माया लाग्छ,’ नुराइनीले ट्रिबन जातेङ्गलाई भनिन् । तार्ती, सर्दिगोकी छोरीले पत्रकारसँगको कुराकानीमा नुराइनीलाई आफ्नै उमेरको पार्टनर खोज्न पटकपटक आग्रह गरेको बताइन । सुर्दिगोको जीवन संगिनी बन्ने उनको अभिलाषा देखेर उनीहरुले यो जोडीलाई आशिर्वाद दिएको बताइन् ।

नुराइनी र सर्दिगोले अगस्ट १८ तारिखमा विवाह गरेका हुन् । यो युवतीको दोस्रो विवाह थियो भने सर्दिगोको चौथो । उनीहरुबीच ५६ वर्षको उमेर भिन्नताबारे विवादका बीच सर्दिगोका सन्तानले उनकी नयाँ सौतेनी आमाले आफ्नो बुवालाई साँच्चै नै माया गर्ने गरेको बताइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने