2026-10-15 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मर्मत खर्च नपाउदा एम्बुलेन्स बनेन, बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजान बाध्य

दान बहादुर बुढा | भदौ  ११, जुम्ला | जुम्ला जिल्लामा रहेको रेडक्रस उपशाखा कार्यालय मालिका बोताको मातहतमा  रहेको ने १ च १४५२ नम्बर रहेको एम्बुलेन्स मर्मत खर्च नपाएपछि २ बर्ष पहिला देखि बिग्रेको  अहिले थला परेको छ ।

२०७१ सालमा २४ लाख मूल्य बराबरको एम्बुलेन्स बिषेश गरी न्यू २४ टि.भि र न्यू २४ को पाबोर न्यू प्रस्तोता प्रेम बानिया र शक्तिशम्शेर जवराको ठूलो सहयोगमा भान्सार मूल्य छुट गरी स्थानिय बासी ,रेडक्रस कर्मि, रेडक्रस आए जिवन सदस्य ,स्थानिय ब्यापारीहरुबाट चन्द्रा संकलन गरि जम्मा ८ लाख ४१ हजार मूल्य परेको एम्बुलेन्स पछिल्लो समयमा बिग्रेर थला परेको छ कुनै पनि बिकायमा एम्बुलेन्स मर्मतको लागी रकम खोजेपनि कुनै पनि निकाय बाट सहयोग हुन सकेन स्थानिय सरकार कनका सुन्दरी गाँउपालिकामा मर्मतको लागी पहल गरीए पनि गाँउपालिकाले सुनवाई नगर्दा एम्बुलेन्स थला परेको हो |

गाँउ घरमा परेको बिरामिलाई उपचार गर्न सदरमुकाम जुम्ला बजार वा नजिकको स्वास्थ्य सस्थामा लिनको लागी डोको र स्टेचर प्रयोग गर्नुपरेको रेडक्रस उपशाखा मालिका बोताको सभापति नर बहादुर रावतले बताए |  

एक पटक मात्र कनका सुन्दरी गाँउपालिकाले एमबुलेन्स मर्मतको लागी १लाख ५० हजार मात्र दिएको थियो त्यो रकमले सामान्य केही मर्मत गरियो त्यो रकम चटनि पनि हुन सकेन तेस पछि अन्य थप बजेट माग गरिए पनि सुनाई हुन नसकेको उपशाखाका सभापति रावतले भने |

साबिकको जुम्ला जिल्ला सिन्जा भेगमा रहेका ११ बटा गाबिस भित्र रहेको बिरामिहरुलाई ओसार पोसार गदौ आई रहेको एक मात्र एम्बुलेन्स हो । न्यू २४ को ठूलो सहयोग बाट प्राप्त भएको हो । सडक कच्चि भएको नियमित चल्दै आई रहेको थियो पछिल्लो समयमा मर्मत कोष नहुदा एम्बुलेन्स सन्चालनमा नआएको हो । ४,५ लाख रुपौया भएको भए एम्बुलेन्स सन्चालनमा आउर्ने र बोतामालिका स्वास्थ्य चौकीका ईन्चार्ज नन्दलाल रावतले बताएका छन ।

एम्बुलेन्स मर्मत नहुदा सुत्केरी ,लगाएत अन्य बिरामीलाई उपचारको लागी जिल्ला अस्पताल जुम्ला सम्म लिनको लागी निकै गारो भएको छ | स्थानिय सरकारले र अन्य सरोकार वाला निकायहरुबाट एम्बुलेन्स मर्मतको लागी सहयोग लिइको भए एम्बुलेन्स सन्चालनमा आएको भए निकै राहात हुन र अकालमा जुम्ला जिल्लामा रहेका कनका सुन्दरी ,सिन्जा र हिमा गाँउपालिकामा रहेका स्थानिय बासीलाई राहात हुने र समयमा मृत्यु बाट बच्न सक्ने स्थानिय बासी नरपति रावतले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने