भदौ ११, चितवन । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय चितवनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, चितवन । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय चितवनल"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको मृत्यु

११ भाद्र २०७६, बुधबार १२:३८

भदौ ११, चितवन । जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । 

कार्यालयले आज पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ  र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । 

केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । 

पत्रकार सम्मेलनमा जिल्लामा डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो । साउनयता  एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उहाँले बताउनुभयो । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै