2026-09-19 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइसेन्स नवीकरण र ओटीटीले घटेको टेलिकमको नाफा फोरजीले बढाउने दाबी

भदौ १३, काठमाडौँ | नेपाल टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा मोबाइल सेवाको अनुमति पत्र नविकरण र ओभर दी टप (ओटीटी) सेवा कारक रहेको स्पष्टिकरण दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको भन्दै अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा कमी देखिएको उल्लेख गरेको छ ।

‘उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१/२०७६ सम्म) को दस्तुर रकम रू २० अर्ब मध्ये पहिलो किस्ताको रू ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको छ,’ कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ ।

त्यसैगरि कम्पनीले ओभर दि टप (ओटीटी) सेवाहरुले गर्दा कम्पनीको आम्दानीमा कमी आएको र त्यसले पनि नाफामा प्रभाव पारेको बताएको छ । ओटिटिबाट विश्वभर भ्वाइसको आम्दानीमा नकारात्मक असर परेको र नेपाल टेलिकममा पनि त्यसको प्रतिरुप देखिएको कम्पनीको ठहर छ ।

कम्पनीले भनेको छ– ‘त्यसैगरि इन्टरनेट प्रविधिमा आधारित OTT (जस्तै Viber, Whatsapp, Messenger आदि) सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको छ । संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक हो ।’

टेलिकमले संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तार मार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्ने तर्फ निरन्तर प्रयासरत रहेको र आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाइने जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइस तर्फको राजस्वमा निर्भरता कम गर्दै लगिने समेत स्पष्ट पारेको छ । आगामी दिनमा तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा नेपाल टेलिकमले गरेको छ ।

यसका साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

विभिन्न चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव रू ४ अर्बले बढेको टेलिकमको दाबी छ ।

यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने बताएको छ ।

टेलिकमले फोरजी सेवाको बिस्तार तर्फ हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको उल्लेख गरेको छ ।

कम्पनीले दुर्गम स्थानमा सेवा बिस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने बताउँदै सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पुर्याउन निरन्तर लगानी गर्दै आएको जानकारी दिएको छ ।

‘यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको छैन,’ टेलिकमले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई