२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्दै, के के छन् फिचर्स ?

१४ भाद्र २०७६, शनिबार ०४:५७

भदौ १४, एजेन्सी | एप्पलले आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्नकोलागी औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । आगामी सेप्टेम्बर १० मा आफ्ना तिन नया फोन आगामी सेप्टेम्बर १० मा  सार्बजनिक गर्ने भएको छ |

एप्पलले भनेको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच फोरसमेत नयाँ संस्करण आउने अनुमान गरिएको छ ।


समाचारअनुसार एप्पलले ल्याउने नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको रुपमा हुनेछन् । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।

एप्पलका यी नयाँ आइफोनमध्ये दुईवटामा पछाडिको भागका मुख्य क्यामराहरु तीनवटा हुनेछन् । तर आइफोन एक्स आरको नयाँ संस्करण आइफोनमा चाहिँ डुअल रियर क्यामरा सेटअप नै हुनेछ । नयाँ आइफोनमा ए-१३ प्रोसेसर हुने बताइएको छ । साथै नयाँ आइफोनमा समेत ओएलइडी डिस्प्ले रहने बताइएको छ ।

एप्पल वाचतर्फ टाइटानियम र सेरामिक गरी दुई प्रकारका केससहितका एप्पल वाच आउने अपेक्षा गरिएको छ । यद्यपि नयाँ एप्पल वाचको नाम एप्पल वाच फाइभ हुने वा फोर सिरिजकै नयाँ संस्करण हुने भन्ने प्रष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य