2026-06-27 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक भएपछि…

2019-08-31

भदौ १४, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । 

यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् । ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए । केही समयपछि ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी