२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले भने, ‘नग्न तस्बिरको चार हजार रुपैयाँ दिन्छु’ महिलाले यस्तो पठाइन…

२०७६, १५ भाद्र आईतवार ०६:१६

एजेन्सी | यी केही मेसेज हुन् जो धेरैजसो महिलाको सोसल मिडिया इन्बक्समा भेटिन्छ । यो कति अचम्मको छ नि । एकपटक सोच्नुहोस् त तपाईंले वास्तवमा नै कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो नग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ । मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले सोसल मिडियामा त सबै चल्छ भनेर सोचेका छन् ।

यहाँ यस्तै भएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

लामो समयदेखि एक व्यक्ति उनीसँग कुरा गर्न खोजिरहेका थिए । महिलाले उनीसँग कुरा गरिन् । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर (पक्कै पनि नग्न) पठाउने माग । साथै उनले एउटा प्रस्ताव पनि राखे । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार बढी ।

महिलाले उनलाई पाठ सिकाउने सोचसहित पैसा पठाउन भनिन् । निक नामका ती व्यक्तिले पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ ।

उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् ।

ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी