२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले भने, ‘नग्न तस्बिरको चार हजार रुपैयाँ दिन्छु’ महिलाले यस्तो पठाइन…

१५ भाद्र २०७६, आईतवार ०६:१६

एजेन्सी | यी केही मेसेज हुन् जो धेरैजसो महिलाको सोसल मिडिया इन्बक्समा भेटिन्छ । यो कति अचम्मको छ नि । एकपटक सोच्नुहोस् त तपाईंले वास्तवमा नै कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो नग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ । मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले सोसल मिडियामा त सबै चल्छ भनेर सोचेका छन् ।

यहाँ यस्तै भएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

लामो समयदेखि एक व्यक्ति उनीसँग कुरा गर्न खोजिरहेका थिए । महिलाले उनीसँग कुरा गरिन् । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर (पक्कै पनि नग्न) पठाउने माग । साथै उनले एउटा प्रस्ताव पनि राखे । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार बढी ।

महिलाले उनलाई पाठ सिकाउने सोचसहित पैसा पठाउन भनिन् । निक नामका ती व्यक्तिले पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ ।

उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् ।

ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान