2026-09-03 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

भदौ १६, एजेन्सी | बेलायतकी एक महिलाको जीवनमा भाग्य चम्किएको छ । ४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन् ।

अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन् । अर्थात् आगामी ३० वर्षसम्म उनले हरेक महिना झण्डै साढे १४ लाख रुपैयाँ पाउनेछिन् । बेलायतको हालिफ्याक्समा बस्ने ४२ वर्षकी मिसेल नामकी ती महिला पेशाले एउटा कम्पनीमा सहायक दर्जामा छिन् । उनको अनलाइन अकाउन्टमा जम्मा बँचेको डेढ पाउण्ड रकमले उनले लट्री खरीद गरिन्, जसले उनको भाग्यको ताला खोलिदियो ।

ती महिलामा वास्तवमा यसरी चिट्ठा किन्ने लत नै रहेछ । उनले यसअघि लटरीमै १० पाउण्ड रकम जितिसकेकी रहेछिन् । सो रकमले पुनः लट्री खरिद गर्दा झण्डै पाँच पाउण्ड रकम जितिन् । त्यसपछि उनले सो रकमले पनि अरु लट्री किनिन् ।

गत १९ अगष्टका दिन उनको बैंक अकाउण्टमा जम्मा डेढ पाउण्ड बराबरको रकम मात्र बँचेको रहेछ । त्यो रकमको पनि सदुपयोग गर्दै उनले लट्री खरिद गरिन् । यसपटक उनलाई भाग्यले साथ दियो । उनले ३६ लाख पाउण्ड अर्थात् झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितिन् । अब उनले उक्त पुरस्कार रकम हरेक महिना झण्डै साडे १४ लाखको दरले ३० वर्षसम्म पाउनेछिन् ।

उनको इमेलमा जब लट्री जितेको सूचनासहितको इमेल आयो, तब उनले खासै मतलब गरिनन् र सानेा रकम त परेको होला नि भन्ने सोँचिन् । तर जब उनले आफ्नो अनलाइन अकाउण्ट खोलिन् तब उनी झण्डै भुइँमा ढलिन् । उनलाई विश्वासै लागेन । किनकी उनले करोडौँको लट्री प्राप्त गरेकी थिइन् । उनले नेसनल लट्रीमा फोन गरेर यसको पुष्टि गरेपछि मात्र ढुक्क भइन् । अब लट्रीमा जितेका पैसाबाट भव्य घर किनेर बसाइँ सर्ने र आरामदायी जिवनयापन गर्ने उनको योजना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही