२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीबाट लागुऔषध सहित पाँच जना पक्राउ

२०७६, २५ भाद्र बुधबार ०६:२६

भदौ २५, कैलाली | कैलालीको धनगढीमा लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् | त्रिनगर भन्सार नाकामा मोटरसाईकल चेकजाँचका क्रममा लागु औषध सहित तीन जना र धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाबाट दुईजना गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार  त्रिनगर भन्सार नाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प ९५१२ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याउँदै गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर  २ का २० वर्षीय नरेन्द्र विष्ट, बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ५ का १८ वर्षीय मनोज भण्डारी र उनीहरुलाई मोटरसाईकल र खरिदका लागि पैसा दिने  धनगढी ३ का ३० वर्षीय सुमित अधिकारी पक्राउ परेका हुन् |

उनीहरुको साथबाट चार ग्राम ९८ मिलिग्राम ब्राउनसुगर, छ ट्याब्लेट स्पामो, पाराभोरीन स्पास १० ट्यावलेट, विन्स स्पास ६ ट्याबलेट र नाईटो भ्याट ५ ट्याबलेट सहित से ३ प ९५१२ नम्बरको मोटरसाईकल बरामद गरिएको हो।

यस्तै मंगलबार नै जुगेडा प्रहरी चौकीबाट खटिएको टोलीलले भारतको सुडाबाट से ६ प ८०४६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा थप दुईजनालाई लागु औषध सहित पक्राउ गरेको छ | पक्राउ पर्नेमा बोराँडाडीका २६ वर्षीय राम राना र सोही स्थानका १८ वर्षीय सुनिल राना रहेका छन्। उनीहरुको साथबाट दुई ग्राम सात सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै