२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे तीन वर्षमा पनि बनेन पुल

२०७६, २५ भाद्र बुधबार ०८:२३

भदौ २५, दार्चुला | दार्चुला–तिङ्कर सडकमा निर्माण भइरहेका दुई वटा मोटरेबल पुलको म्याद २०७४ साल असारमै सकियो । डेढ वर्षभित्र पुल निर्माण सक्ने लक्ष्यसहित सम्झौता गरिएको पुलको समय साढे तीन वर्ष बढी भइसक्यो । दुई पटक म्याद थप भइसकेको छ । अन्तिम पटकका लागि भन्दै दुवै पुलको म्याद थप्ने तयारी गरिएको छ । तर पुलको गति भने बढेको छैन । 

विसं २०७४ मा सम्बन्धित विभागले ६/६ महीनाका लागि म्याद थप गरेको थियो  । त्यो म्याद सकिँदासम्म दुवै पुलको प्रगति ५० प्रतिशतसम्म पनि पुगेन । तीन वर्षभन्दा बढी भइसक्दा पनि अझै कावाही हुन त सकेन, पुलले गतिसमेत लिन सकेन । जसको कारण अहिले स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपरेको छ ।

निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ साल फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ साल जेठ ४ गते र लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । लास्कु खोलामा एकातर्फ जग बनेको छ । दोस्रोपट्टी पूरै जग निर्माण हुन सकेको छैन । “निजाङखोलामा दुई वर्षदेखि कुनै प्रगति भएको छैन”, श्रीबगडका स्थानीयवासी रामबहादुर बमले भन्नुभयो, “२०७४ शुरुमा खोलामा बनाइएको काठको अस्थायी पुल भत्काएर पुल निर्माण शुरु गरेको हो । तीन वर्षभन्दा बढी बित्दासमेत निर्माणले गति लिन सकेको छैन् ।” 

स्थानीयवासीले अस्थायी काठेपुल लगाएर बर्खाभरि आवतजावत गर्नु परेको छ । यो ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या भएको छ । बर्खा नसकिएको कारण नदी वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । दार्चुला तिङ्कर सडक योजनाका इन्जिनीयर दिनेशसिंह रैखोलाका अनुसार अन्तिम पटकलाई निर्माण व्यवसायीलाई बोलाएर पुलको काम तीव्र गतिमा गर्न निर्देशनसहित प्रतिबद्धता गराइएको छ । “पुल निर्माणमा भइरहेको ढिलाइको कारणसहित तत्काल पुल बनाउन निर्देशन गरिएको छ”, उहाँले भन्नुभयो ।

ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भएको हो इन्जिनीयर रैखोलाले भन्नुभयो, “अहिले पुल निर्माणका प्रतिनिधि महेशसिंह धामीलाई हटाइएको छ । पुलको जिम्मा लिए काम गर्न नसकेर कार्यालयकै सम्पर्कमा आउन छोडेपछि प्रतिनिधि फेरिएको छ । निर्माण कम्पनीले धामीलाई हटाएर अहिले सम्पर्क व्यक्तिका रुपमा इन्जिनीयर वीरेन्द्र नाथलाई खटाएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा भएको निर्माण व्यवसायी, दार्चुला तिङ्कर सडक कार्यालय र प्रजिअ शङ्करबहादुर विष्टबीच भएको बैठकले तत्काल काम सञ्चालन गर्ने सहमति गरेका छन् । 

बैठकले एक वर्षभित्र निर्माण कार्य पूरा गर्न नसक्ने निर्माण कम्पनीको कार्यसम्पादन जमानत तथा सम्बन्धित फर्मको नाममा रहेको अन्य धरौटी रकमसमेत जफत गर्ने निर्णय गरिएको छ । काम सम्पन्न नभएका कारणबाट हुने गएको हानि–नोक्सानीसमेत प्रचलित कानूनबमोजिम निर्माण व्यवसायीले कार्यालयलाई बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ शङ्करबहादुर विष्टले बताउनुभयो ।

“निर्माणको काममा लापरवाही गर्नेलाई कठोर निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले यो वा त्यो बहानामा ढिलाइ गर्ने गरेको कारण कठोर निर्णय गर्नु परेको हो । दुइटै पुल एउटै कम्पनीले निर्माण गरिरहेकाले पनि निर्माणमा ढिलाइ हुन गएको स्थानीयवासीले बताएका छन । पुल नबन्दा तिङ्कर सडकमा गुड्ने सवारी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बैठकपछि निर्माण कम्पनीले एक साताभित्रै कामदारसहित काम सञ्चालन गर्ने आश्वासन दिएको छ । 

“चालू आवभित्र पुलको निर्माण सक्ने गरी काम गराउने प्रतिबद्धता गराइएको छ”, दार्चुला तिङ्कर सडक योजना प्रमुख अच्युत विलास पन्तले भन्नुभयो, “अहिले पनि पुरानै तवरतरिकाले काम गर्ने हो भने निर्माण व्यवसायीलाई कार्वाहीको भागिदार बनाइन्छ । 

सदरमुकाम खलङ्गा नजीकैको क्षेत्रका पुलहरु अलपत्र पर्दा दार्चुला तिङ्कर सडकखण्डमा बर्खायाममा नियमित यातायात सञ्चालन हुन सकेको छैन । दुई पटक म्याद थप्दा पनि निर्माण व्यवसायी प्रतिनिधिले लापर्वाही गरेको भेटिएपछि प्रशासनमार्फत कार्वाहीको भागिदार बनाउने गरी निर्णय गरिएको उहाँले बताउनुभयो । 

दार्चुला तिङ्कर सडकले यो वर्ष दुई वटै पुल निर्माणको काम सक्ने तथा सडक सुधारअन्तर्गत चौडा बनाउने काम पनि तत्काल गराउने निर्णय गरेको छ । यो वर्ष दार्चुला तिङ्कर सडक र महाकाली करिडोरका लागि कूल रु ३२ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ