२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश, कुन स्थानमा पर्छ नेपाल ?

२७ भाद्र २०७६, शुक्रबार ०९:२१

भदौ २७, काठमाडौं | विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ ।

स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत तथा ब्रोडब्याण्डको स्पीडमा ३७.४ प्रतिशतले वृद्धि भएको छ । रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियामा मोबाइल इन्टरनेटको गति ९७.४४ एमबीपीएस रहेको छ । त्यस्तै सबैभन्दा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट रहेको देशचाहिँ सिंगापुर रहेको छ । 

सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट रहेका टपटेन देशहरु यी हुन् :

· दक्षिण कोरिया : ९७.४४

· अस्ट्रेलिया : ६३.३४

· कतार : ६१.७२

· यूएई : ६१.२४

· नर्वे : ६०.९०

· क्यानडा : ६०.७२

· नेदरल्याण्ड : ५९.५४

· स्विजरल्याण्ड : ५४.४२

· सिंगापुर : ५०.४३

· माल्टा : ५०.१४

त्यस्तै, फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मामिलामा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्ः

· सिंगापुर : १९१.९३

· दक्षिण कोरिया : १५६.१८

· ताइवान : १५१.७५

· हंगकंग : १५१.०२

· रोमानिया : १३०.७९

· मोनाको : १२५.६९

· एन्डोरा : ११५.८८

· अमेरिका : ११५.६७

· स्विजरल्याण्ड : ११५.३८

· मकाउ : ११४.४३

भारतभन्दा नेपाल अगाडि मोबाइल इन्टरनेट स्पीडको मामिलामा नेपाल भारतभन्दा अगाडि रहेको रिपोर्टले देखाएको छ । नेपाल १ सय २९ स्थानमा रहँदा भारत १ सय ३० औँ स्थानमा रहेको छ ।

रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेट स्पीड १०.७० एमबीपीएस रहेको छ । जबकी भारतको मोबाइल इन्टरनेट स्पीड १०.६३ एमबीपीएस रहेको छ । मोबाइल इन्टरनेट स्पीडको सूचकांकमा बंगलादेश १ सय ३५ औँ तथा अफगानिस्तान १ सय ४० औँ स्थानमा रहँदै नेपालभन्दा पछाडि रहेका छन् ।

त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा नेपाल १ सय पाचौँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पीड २०.३८ एमबीपीएस रहेको छ । दक्षिण एसियामा नेपालभन्दा पछाडि माल्दिभ्स १ सय २४ औँ, पाकिस्तान १ सय ५६ औँ, अफगानिस्तान १ सय ६७ औँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य