२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्ध मन्दिरबाट उद्धार गरिएकामध्ये ८६ वटा बाघको मृत्यु

२०७६, ३१ भाद्र मंगलवार ०३:४६

भदौ ३१, काठमाडौँ (एजेन्सी) | थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । टाइगर टेम्पल भनिने उक्त स्थानबाट सन् २०१६ मा उद्धार गरिएका ८६ वटा बाघको मृत्यु भएको हो ।

थाईल्यान्डको वन्यजन्तु निकुञ्ज हेर्ने निकायले धेरै बाघको मृत्यु भाइरसका कारण भएको र बसाइसराइले निम्त्याउने तनावका कारण बाघहरू दुर्बल भएको उल्लेख गरेको छ । जानकारी अनुसार बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको बताइएको छ । थाई अधिकारीहरूका अनुसार सीडीभी भनिने केनाइन डिस्टेम्पर भाइरसका कारण केही बाघ बिरामी परेका थिए । धेरै बाघलाई स्वासप्रस्वासमा कठिनाई भएपछि बाघको मृत्यु भएको हो ।

टाइगर टेम्पलका भिक्षुहरूले मन्दिरमा बाघहरुसँग दुर्व्यवहार गरेको, तिनको तस्करी गरेको वा गैरकानुनी प्रजनन गराएको आरोप लगाएका छन् । तर भिक्षुहरूले उक्त आरोप अस्वीकार गरेका छन् । 

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो । त्यत्तिकै छोड्दा जीवित रहने सम्भावना न्यून हुने ठानेर बाघलाई त्यहाँ राखिएको बताइएको छ । सन् २०१६ देखि उक्त मन्दिर परिसर सर्वसाधारणका लागि बन्द गरिएको थियो र उक्त मन्दिरले धेरै मुद्दा खेपिरहेको छ ।  

बाघका अङ्गको तस्करी हुन्छ भन्ने आशङ्का छ। दक्षिणपूर्वी एशियामा घट्दै गएको भए पनि जङ्गली बाघको अवैध सिकार हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै