२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै,सन् २०२० बाट कार्यान्वयनमा आउने

२०७६, ३ आश्विन शुक्रबार ०९:१६

असोज ३, एजेन्सी | सबै भन्दा धेरै चलाइने सामाजिक संजाल फेसबुक पछिल्लो समय चर्चा र विवादमा परेको छ | प्रयोगकर्ताको गोपनीयता कायम राख्न नसकेको, शुरक्षा राख्न नसकेको र सरकारहरुसँगको विवाद जस्ता विवादबाट मुक्त हुनाकोलागी फेसबुकले आफ्ना कदमहरु अगाडी बढाउदै आएको छ | अब फेसबुकले आफ्नै सर्वोच्च अदालतको स्थापना गर्दैछ | फेसबुकले स्थापना गर्ने उक्त निगरानी बोर्डको औचित्यका विषयमा सीईओ मार्क जुकरवर्गले एक ब्लग पोष्टमार्फत प्रष्ट पारेका छन् |

उनका अनुसार ‘हामी हाम्रा नीतिहरुको हरेक दिन कार्यान्वयन गर्ने कुरामा जिम्मेवार छौं र फेसबुकका दसौं लाख सामग्रीहरुका बारेमा हामीले हरेक हप्ता निर्णय गरेका हुन्छौंं । तर, हामीजस्ता निजी कम्पनीहरु आफैंले वाक् स्वतन्त्रताको विषयमा त्यतिधेरै महत्त्वपूर्ण निर्णयहरु गर्न सक्दछौं भन्ने चाहिँ मलाई लाग्दैन ।’ उनले भने | फेसबुकले स्थापना गर्ने स्वतन्त्र निगरानी बोर्डमा प्रयोगकर्ताहरुले फेसबुकले गर्ने निर्णयहरुको बारेमा पुनरावेदन गर्न सक्नेछन् | उक्त बोर्डको संरचनाका विषयमा फेसबुकले विश्वभरबाट विज्ञहरुको राय लिएको जनाइएको छ |

उक्त अदालतमा फेसबुकका प्रयोगकर्ताहरुले पुनरावेदन गर्न सक्दछन् । फेसबुकका नीतिहरुको बारेमा सुरुमा फेसबुकमै निवेदन दिने र त्यसपछि मात्र बोर्डमा पुनरावेदन गर्न सकिनेछ । उक्त बोर्डले गर्ने निर्णय बाध्यकारी हुनेछ | उक्त फेसबुकले स्थापना गर्ने उक्त निगरानी बोर्ड जसलाई फेसबुकको सर्वोच्च अदालत पनि भनिएको छ, त्यो सन् २०२० को नोभेम्बरदेखि कार्यान्वयनमा आउने बिश्वाश गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा