२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ५ वटा नाकामा छैनन् भन्सार कार्यालय, तिब्र राजस्व छली

२०७६, ६ आश्विन सोमबार १०:२५

दार्चुला ६, असोज | दार्चुलामा नेपाल–भारत सीमा जोड्ने ६ वटा नाका सञ्चालनमा छन् । तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन । छोटी भन्सार कार्यालय स्थापना नहुँदा जिल्लाका पाँच वटा नाकाबाट राजस्व छली भइरहेको छ ।

सशस्त्र द्वन्द्वकाल अघि जिल्लाका चार ठाउँमा छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । द्वन्द्वको समयमा सुरक्षाका कारण देखाउँदै विस्थापित भएका भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसक्दा नाका खुला छन् ।

द्वन्द्वकालअघिदेखि नै सीमा नाका जोडिएको उत्तरी नाकाको सीतापुल, दक्षिणी क्षेत्रमा रहेका दत्तु र जौलजीविमा छोटी भन्सार कार्यालय राखिएको थियो । हाल यी तीन नाकामा भन्सार छैन । अहिले सदरमुकाम खलङ्गामा मात्रै छोटी भन्सार कार्यालय छ ।

पछिल्लो समय तुइन विस्थापन कार्यक्रमअन्तर्गत व्यास गाउँपालिकाको वडा नं ५ तिगरम र लेकम गाउँपालिका– ३ लालीमा दुई वटा झोलुङ्गे पुल थपिएका छन् । यो सँगै जिल्लामा छ वटा सीमा नाका वैधानिक छ । थप तीन क्षेत्रमा तुइन विस्थापन गर्दै झोलुङ्गे पुल लगाउने तयारी छ । तर यी क्षेत्रमा झोलुङ्गे पुलसँगै भन्सार कार्यालय नहुँदा यस क्षेत्रमा खुलेआमरुपमा सामान ओसारपसार हुनेक्रम बढेको छ ।

सरकारले भन्सारमार्फत राजस्व बढाउने नीति लिए पनि दार्चुलाबाट विस्थापित भन्सार पुनःस्थापना गर्न पहल गरेको छैन । त्रिदेशीय सीमामा रहेको सीतापुल तिङ्कर छोटी भन्सार कार्यालय विसं २०५७ मा विस्थापित भएको हो ।

भन्सार विस्थापित भएको दशक बढी भइसकेको छ । “विस्थापित भन्सार पुनःस्थापना गर्न मन्त्रालयले नै निर्णय गर्नुपर्ने हुन्छ”, छोटी भन्सार कार्यालय दार्चुलाका निमित्त प्रमुख नरसिंह बडालले भने । त्रिदेशीय सीमा तिङ्करसँग भारतीय बजार र चीनको स्वसाशीत क्षेत्र तिब्बत सीमा हो । तिब्बतबाट निर्यात आयात हुने वस्तुको भन्सार उठाउँन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ ।

राज्यको नियमित उपस्थितिका रुपमा नेपाल प्रहरी मात्र सीमा नाकामा छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व सङ्कलन गर्न कर्मचारी नहुँदा राजस्व चुहावट हुने गरेको छ ।

हालसम्म पुनःस्थापना भएका भन्सार स्थापना गर्न र नयाँ भन्सार थप्ने कुनै गृहकार्य नभएको छोटी भन्सार कार्यालय दार्चुलाका नायब सुब्बा दिल्लीराज सुवेदीले बताए । उनले भने, “माथिबाटै निर्णय नभएपछि पुनःस्थापना हुने कुरा भएन ।” भन्सार स्थापनाका लागि भारत सरकारलेसमेत पहलकदमी नगर्दा नेपालतिरका भन्सार पुनःस्थापना हुन नसकेको सुवेदीले बताए । “दुवै देशले भन्सार राख्नुपर्छ, एकतर्फी भन्सार कार्यालय राखेर पनि हुँदैन”, सुवेदीले भने ।

नेपाल–भारत सीमा नाका सीतापुलमा छोटी भन्सार नहुँदा भारतबाट आएका शिलबन्दी सामान विनाजाँच सिधै चीनको तिब्बत जाने गरेका छन् । घोडा खच्चरमा उत्तैबाट ‘लोड’ गरी ल्याउने र विनाजाँच सिधै तिब्बती नाका सामान निर्यात हुने गरेको स्थानीयको भनाइ छ ।

जिल्लाको मुख्य दोस्रो नाका सीतापुलबाट वर्षमा चैतदेखि मङ्सिर महीनासम्म विभिन्न किसिमका सामग्री आयातनिर्यात गर्न सकिन्छ । “विसं ०५७ सालअघिसम्म नेपालकै बाटो भएर तिब्बतका सामग्री सदरमुकाम खलङ्गा आउथ्यो”, व्यासका स्थानीय लोकराज भट्टले भने, “अहिले सो क्षेत्रमा जान नेपालको बाटो मर्मत हुन नसक्दा जोखिमपूर्ण छ ।”

पाँच वर्षयता तिङ्कर नाका भएर वैधानिकरुपमा सामान नआएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । “भन्सार कार्यालय विस्थापित भएपछि केही समय खलङ्गाबाटै राजस्व काटिएको हो”, भन्सार कार्यालयका एक कर्मचारीले भने, “पछिल्लो समय यो नाकाबाट सामान आए नआएको जानकारी हुँदैन ।”

अहिले भारत र चीनबीच दोक्ला नाका सञ्चालनको सहमतिपछि चीनको सामान सिधै भारत निकासी हुने गरेको हुनसक्ने भन्सारका कर्मचारी बताउँछन् । खलङ्गामा रहेको भन्सार नाकाले मात्रै अहिले राजस्व उठाउने गरेको छ । सदरमुकाम खलङ्गाको मूल भन्सार कार्यालय बैतडीका झुलाघाटमा रहेको छ । दत्तु जोलजीवी, लाली र तिङ्करमा भन्सार कार्यालय नहुँदा यहाँबाट सामान आयातनिर्यात गर्ने व्यापारी तथा स्थानीयले बेलाबेलामा समस्या भोग्नुपरेको स्थानीय गोपालसिंह विष्टले बताए । दैनिक सयौँको सङ्ख्यामा मानिसको यी नाकामार्फत आवतजावत हुन्छ । अधिकांश सामान नेपाली बजारमा भारतबाटै आउँछ । तर, भन्सार नहुँदा राजस्व चुहावट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ