2026-07-03 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपिलवस्तुमा प्रहरीले फेला पर्यो हराएका १५ थान मोवाइल

2019-09-25

माधव बेल्वासे | असोज ८, कपिलवस्तु | कपिलबस्तुमा वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाईल गत एक हप्ता भित्र फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानियहको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोली फेला परेको हो । 

मोवाईल हराएपछी प्रहरी कार्यलयमा निवेदन दिएकाहरुको मावाईल आइ एम ई आई कोड मार्फत पत्ता लगाई कपिलवस्तु,रुपन्देही दाङ लगाएत अन्य क्षेत्र वाट वरामद गरिएको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले वताए ।

शिवराज नगरपालिका ५ चन्द्रौटाका लंक हमालको पकडीमा,प्रभुनाथ कुर्मीको पिपरीमा,राम वहादुर भण्डारीको शिवराज ५ चन्द्रौटमा,घरश्याम बेल्वासेको कुशहवामा,वालकिशन चौधरीको दाङमा,बिरेन्द्र चौकरीको सैनामैना,मसव खानको बिसनपुरमा,विशाल सुवेदीको पनि विसनपुरमा फेला परेको प्रहरीले जनाएको छ  । 


त्यस्तै सिता थारुको शिवराज नगरपालिका ६ मा ,रवि चौधरीको वुद्धभुमी नगरपालिका ४ मा ,रामसेवक लोनियाको चितवन,विष्णुमाया चौधरीको,विरपुर,शान्ता बाकवालको शिवपुर,राम वहादुर रोकाको वाणगंगा नगरपालिका ८ मा र राजु चौहानको दाङ गढवा फेला परेको हो ।

विगत एक वर्ष पहिले मोवाईल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछी अहिले फेला परेको स्थानिय लंक हमालले वताए । मोवाईल हराउदा धेरै नम्वर तथा अति आवश्यक सामाग्रीहरु नभएकोले आफुलाई धेरै समस्या भएको उनले जनाए । शिवराज नगरपालिका ५ बस्ने घनश्याम बेल्वासेले मोवाइल हराएपछी आफुले खोज्न धेरै प्रयास गरेको भएपनि भट्टाउन नसकेको वताए । “मोवाईल हराएपछी प्रहरीकोमा निवदेन दिए, केहि दिनमै भेटिएको खवर आयो खुसी लाग्यो” बेल्वासेले भने ।

मोवाईल भेट्टाएर सिम फाल्ने र मोवाईल प्रयोग गर्ने गरेको पाइएको  प्रहरी निरिक्षक योञ्जनले वताए । वुधवार प्रहरी कार्यलयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले हस्तानतरण गरे । मोवाईल हराएमा तुरुन्त प्रहरी कार्यलयमा जानकारी दिन समेत उनले अपिल गरे । हराएको मोवाईलको आइ एम ई आई कोड भएमा प्रहरी सजिलै पत्ता लगाउन सक्ने समेत उनले जनाए । सवै मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोवाइलको आइ एम ई आई कोड ८३ण्ट३ डाईल गरि आउने कोड राख्नुपर्ने सुझाव दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ