२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग

२०७६, ९ आश्विन बिहीबार ०७:४७


एजेन्सी | धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ अनेक खालका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन्, जोसँग प्रयोगकर्ताको कुनै मतलब नै हुँदैन । यस्ता इमेलबाट दिक्क लाग्छ हामीलाई ।

त्यस्ता इमेलहरुलाई समयमै डिलिट गरिएन भने इनबक्स नै भरिन्छ । यदि यस्ता अनावश्यक इमेलहरुबाट आफ्नो जिमेलको इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ र एक-एक गरी त्यस्ता इमेलहरु डिलिट गर्न पनि झण्झट लाग्दछ भने भने पनि चिन्ता नमान्नुस् । किनकी एउटा यस्तो काइदा छ, जसको सहयोगमा तपाईंले आफ्नो जिमेलको इनबक्सका अनावश्यक इमेलहरु आफसेआफ डिलिट हुनेगरी तय गर्न सक्नुहुन्छ ।

अटोम्याटिक रुपमा जिमेलबाट इमेल डिलिट गर्नका लागि निम्न उपायहरु अपनाउनुस्ः

१.सबैभन्दा पहिले तपाईंले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा Email Studio इन्स्टल गर्नुहोस् ।

२· जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस्

३· त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने

४· आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने

५· लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने

६· जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New rule मा क्लिक गर्न सक्नुहुन्छ

७· त्यहाँ New Rule का रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ

८· यो प्रक्रियाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।

इमेल स्टुडियोले यसका अलावा अरु पनि केही काम गर्दछ । जसमा मेल मर्ज, इमेल शेड्यूलर, अटो रेस्पोन्डर तथा इमेल फरवार्डर लगायतका सामेल छन् । यदि तपाईं यी सबै सेवाको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले प्रिमियम भर्सन इन्स्टल गर्नुपर्दछ । जसका लागि वार्षिक रुपमा केही रकम तिर्नु पर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु