२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

११ आश्विन २०७६, शनिबार १०:५५

असोज ११, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक शिक्षा सुधारतर्फ गइरहेकाले आम नागरिकसमक्ष आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरोन्मुख छ, त्यसलै आम नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेको हुँ ।” कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न शुरु गरिरहेका उल्लेख गर्दै उहाँले क्रमशः अरु विद्यालयले पनि अनुशरण गरिरहेका बताउनुभयो । 

मन्त्री बाँस्कोटाले कतिपय निजी विद्यालयका भवन जस्तापाताका (असुविधायुक्त) रहेका समेत आफूले देखेकोमा दुःख लागेको उल्लेख गर्नुभयो । “जस्तापाताका निजी विद्यालयमा समेत महङ्गो शुल्क लिइन्छ, सामुदायिक विद्यालयका भवन निकै राम्रा र सुविधायुक्त बनेका छन्, यससँगै शैक्षिक गुणस्तरमा फड्को मार्दैछ” उहाँले भन्नुभयो । 


आफ्नो भ्रमणका क्रममा जनकपुरस्थित एक सामुदायिक विद्यालयमा दुई हजार ६०० विद्यार्थी रहेको पाएको स्मरण गराउँदै उहाँले निजी विद्यालय नभएर त्यस स्थानमा एउटै विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी भएको भन्नु गलत सावित भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले सरकारले शैक्षिक नीति सुधार गर्दा शैक्षिक विज्ञबाट सुझावको अपेक्षा गरेको बताउनुभयो । 

“नीति बनाउँदा सरकार शैषिक विज्ञको सुझव ग्रहण गर्दछ, कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारमा आउन नसक्ने नीति बनाउँदैन, तपाईहरु ढुक्क हुनुहोस्”, उहाँले भन्नुभयो । सरकारको ‘डिजिटिलाइजेसन’ कार्यक्रमअन्तर्गत एक हजार विद्यालयमा इन्टरनेटसहितको कम्प्युटर ल्याब व्यवस्थापनको तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु पोखरेल, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद अधिकारी, सङ्गठनका ३ नं प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की