२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !’

११ आश्विन २०७६, शनिबार १३:५८

सचिन्द्र श्रेष्ठ | खै कहाँबाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला।रौतहट का ३५ बर्षीय रूपलाल शाह जो जनकपुर देखि काठमाण्डौ उपचारका लागी आएका थिए जसको बाटोमा नै मृत्यु हुन पुग्यो।यो घटनाले झन शसक्त बनाएको छ आम मानिसलाई जसले सरल र सर्ब सुलभ उपचारका निम्ति देशको राजधानी मानिने ठाउँमा उपचार गर्न हर कोही आउने गर्छ उसका लागी अहिले राजधानी यही यातायातका कारण अभिसाप बन्न पुगेको छ।किन की सबै सुबिधा जो राजधानीमा नै केन्द्रित छ तर आम मानिसको के गल्ती मन्त्री ज्यु निकै टाढा देखि उपचार गर्न राजधानी जो आउँछन्।

मन्त्री ज्यु हजुरको नाममा नै महा..( सेठ)को बिल्ला भिरनु भएको छ तपाईलाई भन्ने बितिकै सबै सुबिधा उपलब्ध हुने तर बिडम्बना सबैको पहुँच यो छैन की तुरुन्त बिरामी पर्दा हेलिकॉप्टर चार्टर गरेर ठुला ठुला डाक्टर र अस्पताल लैजाने।जसको असरले थुप्रै रूपलाल शाह जस्ता मानिसहरू अकाल मैं मृत्युको मुखमा पुग्नु पर्ने अवस्था सिर्जना भएको छ ।यही  यातायातका कारण मृत्यु मात्र होइन मन्त्री ज्यु ,चितवनका मेरा मित्र राजन वाग्लेको सम्बन्धमा समेत दरार आएको छ। गएको असार २८ गते बिहेको दिन तोकिएको थियो तर बिदेस देखि गएका मेरा मित्र काठमाण्डौ देखि घर पुग्दा २ दिन लाग्यो जसो तसो बिहेको अघिल्लो दिन घर पुगे।ससुराली तिर बिहे रोकियो भनेर हडताल नै गरे भनेर गुनासो पोखे आखिर समस्याको जड लामो यातायात जाममा पर्नु!

२ दिन अघि अन्तरवार्ता दिने भनेर हिडेका पर्बत कूस्माका सत्येन्द्र श्रेष्ठ ,भनेको समयमा अन्तरवार्ता स्थल पुग्न नसकेर त्यसै फर्किनु परेको दुखेसो पोखे।स्वयं म नै घर देखि बिहान ६ बजे हिडेको आधा राति पानी परेको अवस्थामा राजधानी पुगे जब की ६ घण्टामा आरामले पुग्नेलाई १८ घण्टा लाग्यो !यो त्यही बढ्दो लामो लाइन नागढ़ूंगा को पृथ्वी राजमार्गमा पर्ने जाम हो मन्त्री ज्यु यसको जिम्मा कस्ले लिने ?

माननीय मन्त्री ज्यु, हजुरले भने जस्तो ६ बर्षमा पूर्ब पश्चिम रेलमार्ग बनाउने, जि टू जि रेल किने भनेर भनी रहनु पर्दैन।कोशी ब्यारेक भारतले पहिले बनायो अब आफ्नै लगानीमा बनाउछौ ,सुरङ्ग मार्ग बनाउछौ,पानी जहाज ल्याउछौ भनेर दिनहुँ खोकन छाड्नुस मन्त्री ज्यु किनकी पहिले भएका संरचनालाई टालटूल,बाटो चौड़ा र मर्मत सम्भार गर्न थाल्नुस ,ट्राफिक नियम पालना गराउनुस।जनता जाहेर छन कच्ची सडकमा बसमा भेड़ा कोचे जस्तो गरी कोचेर ,ढोकामा झुन्डिएर बस चढ्नुको मज्जा एक पटक चढेर हेर्नुस मन्त्री ज्यु,बाटो बनाउने ठेकेदारलाई चढाउनुस आम मानिसले कसरी यातायात प्रयोग गर्ने रहेछन् भन्ने थाहा हुने थियो आखिर हजुर महा… (सेठ)जो पर्नु भयो यस्तो खालको समस्याको समाधान गर्ने यातायात सुधार जनताले कहिले पाउने ?

मन्त्री ज्यु ,म बिदेस बस्छु तर सबै यहीको जस्तो होस् तुरुन्त भन्दिन किन की भन्ने बितिकै संसारमा कहि पनि हुन्न तर कोशिस गर्न सकिन्छ।यहाँ न ट्राफिक समस्या,ट्राफीक बत्ती को सही सदुपयोग, ठाउँ ठाऊमा सीसी क्यामेरा,उचित प्रबिधीको प्रयोग,सबै काम मोबाइल इ -बैंकिंङ(जरिवाना तिर्न कार्यालय धाउनु पर्दैन )मानिस,साईकल हिड्ने अलग बाटो, बढी सार्बजनिक यातायातको सही प्रयोग,जस्तो ट्राफिक जाम हुदा पनि इमरजेंसी यातायातका साधन (एम्बुलेन्स, दमकल, प्रहरीका साधन)लाई अलग बाटो तथा बाटो छोड़ी जान दिने परिपाटी छ यसलाई क्रमागत रुपमा लागु गर्न सके फाइदा हुन्छ। 

माननीय मन्त्री ज्यु ,नेपालका बाटोमा बर्षा लागे पछि बाटो खनने प्रवृति छ यसले समेत असर पारेको छ केहि दिन अगाडि बाटो नजिकैको पहिरोमा परेर उही बाटो नापने इन्जिनियरको पुरिएर मृत्यु भयो। कतै पहिरोले गाड़ी नै बगाएको,बाटो नजिकैको स्कूलको भवन भत्किदा पढन गएका बालबालिका पढन नपाएका घटना सुन्न समेत पाइयो।यसको क्षति पूर्ति कहिले सम्म हामीले तिर्ने मन्त्री ज्यु किनकी हजुरलाई यसरी सार्बजनिक रुपमा हिड्नु जो पर्दैन।आखिर महा…(सेठ)जो पर्नु भयो।

मन्त्री ज्यु, ठेकेेदारको लापरबाहीका कारण बाटो समयमैं नबन्नु, निर्माण कम्पनीलाई ताकेता नगर्नु,बने पनि पक्की रुपमा नबन्नु यो पनि एउटा तत्व हो जो यातायात क्षेत्रलाई कुरूप बनाएको छ।भ्रमण बर्ष मानी रहदा एअरपोर्ट बाट झर्ने बितिकै कच्ची बाटो हुँदै बाहिर निस्केर गन्तब्य पुग्ने बेला सम्म यस्तो छाट देखदा पनि सुधार हुन नसेको राजधानीमा पर्यटकले के सोचलान कुन्नि!कसरी पर्यटक आउँछन् भनेर बुझ्न सक्ने कहिले मन्त्री ज्यु !

रोड सेफ्टीको नारा ,लामो दुरिमा दोहोरो चालक राख्ने,रोड टैक्स नीति आवस्यक छ। हाम्रो देश त्यसै त बढी भौगौलिक कठिनाई छ हाम्रा हवाई मार्ग, सुरङ्ग मार्ग, यातायात स्थल मार्ग, रेल मार्ग ,जल मार्गको सम्भावना छ तर अहिले आवश्यक भनेको भई रहेका बाटो घाटोको सुधार र बायु प्रदुषण जस्ता समस्यालाई इलेक्ट्रिक साधन मार्फत बायु प्रदुषणको रोकथाम गर्ने हो।यातायातले त हामीलाई दुर्घटना  बनाउन मद्दत गर्ने र प्रकृतिले पनि हामीलाई मृत्यु बनाउन सहज भूमिका खेल्नुले अझ कति हामी समस्यामा रहेछौ भन्ने प्रष्ठ हुन्छ।अव साथ साथै उच्च बृद्धि भएको साधन खरीदमा कमी,सार्बजनिक यातायातको बढी प्रयोग गर्ने खालको नीति तथा साधन राज्यले प्रवाह गराउनु पर्दछ मन्त्री ज्यु !

मन्त्री ज्यु,सडक सुधार, ट्राफिक व्यवस्थापन र नीतिगत सुधार गर्दै सडक सुरक्षामा राज्यले गम्भीर भएर ध्यान दिन सक्ने ,सडक नपुगेका ठाउँसम्म सडक उर्याउने, पुगेको ठाउँमा कालोपत्रे गरेर स्तरीय सडक बनाउने, राजमार्गको विस्तार तथा मर्मत गर्ने सबै काम राज्यले समयमै गर्नुपर्ने ,यातायात सम्बन्धी विद्यमान ऐन कानुनको कार्यान्वयन एवं सुधार र परिमार्जन गर्न सके यातायात क्षेत्रमा छिट्टै सुधार हुने थियो कि!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा