२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका १२ ठाउँमा टेलिकमको फोरजी सेवा

१५ आश्विन २०७६, बुधबार १५:४२

असोज १५, धनगढी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । 

आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चिसघर, बूढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा यो सेवा शुरु भएको जानकारी दिइयो । 

प्रदेशका अन्य ९३ स्थानमा ‘फोरजी एलटिइ’ जडान पूरा हुने क्रममा रहेकामा ११ नयाँ स्थानमा टावर जडान कार्य जारी रहेकाले प्रदेशका थप क्षेत्रमा उक्त सेवा निकट भविश्यमै विस्तार गर्ने तयारी गरिएको जनाइएको छ । 

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गर्न लागेको हो । ‘फोर जी’ सेवा शुरु भएसँगै टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउने भएका छन् । 

‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रिजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिक बताउछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड १०० मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुने गरेको बताइन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाटै सातवटै प्रदेशमा एक साथ प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो । 

नेपाल टेलिकम, धनगढी कार्यालयमा आयोजित फोरजी सेवाको शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फोरजी सेवाको विस्तारले प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अहिलेको युग सञ्चारको युग रहेको भन्दै मुख्यमन्त्री भट्टले समग्र क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अति आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकास सँगसँगै यसको जथाभावी प्रयोगले केही विकृति पनि देखिने गरेकाले यसको प्रयोग विकास र रुपान्तरणका लागि हुन जरुरी छ ।”कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाका निर्देशक नामाकर न्यौपाने, टेलिकम धनगढी कार्यालयका प्रमुख सुरत मल्ल, लगायतले फोरजी सेवा र यसको आवश्यकता माथि प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै