2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोक दुर्घटना: ८१ घाइते घर फर्के

असोज २६, सिन्धुपाल्चोक | बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए । दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पुर्याइएको थियो ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ ।  ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन् ।  सात घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई