२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन्: अध्यक्ष दाहाल

३० आश्विन २०७६, बिहीबार ०९:१७

असोज ३०, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने  विचार व्यक्त गर्नुभएको छ ।

नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट खतरा हुनसक्ने बताउनुभयो । 

सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उहाँले भन्नुभयो, “हामी बिग्रियौ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ ।” पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उहाँले थप्नुभयो, “कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।” प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ उहाँले प्रश्न गर्नुभयो । 

दाहालले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताउनुभयो । प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उहाँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार गर्यौं भने मात्र शुभकामना सार्थक हुने उहाँले बताउनुभयो । 

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले  विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।” सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै उहाँले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताउनुभयो । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नं ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेपाली काङ्ग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै