2026-09-13 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महेन्द्रनगरका पाँचै गल्लीमा आधुनिक सडक निर्माण गरिने

कात्तिक ५, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारका पाँचै गल्लीमा ठूलो लगानीमा नालीसहित पक्की सडक निर्माण गरिने भएको छ । नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो । 

नगरपालिकामा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आह्वान गरिसकेको छ । गुरुयोजना बनाएर बसाइएको महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन पक्रिया अघि बढेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

महेन्द्रनगर योजनाद्ध व्यवस्थित शहर हो । गुरुयोजनाअनुसार निर्माण गरिएको शहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय रहेको  नगरप्रमुख विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माणकार्य प्रक्रिया शुरु गरिएको छ, यसले शहर थप सुन्दर र व्यवस्थित हुने आशा छ ।” 

नगरपालिकाको पहिलो नगरसभाबाटै महेन्द्रनगरलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना शहर बनाउने नीतिगत निर्णय गरेको थियो । नगरपालिकाका इञ्जिनीयर हिमालयसिंह ऐरका अनुसार पाँचै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने छ । साथै उहाँले बजार आसपासका सडक पनि बनाइने बताउनुभयो ।

अहिले भएका सडक पूर्णरूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उहाँले जानकारी दिनुभयो । इञ्जिनीयर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्मका सडक नयाँ निर्माण गरिनेछन् ।

बजारको फुटपाथसमेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबै सडक सात दशमलव ५० मिटर चौडा र आधुनिक हुनेछन् । सडक निर्माण भएसँगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ । पहिलो चरणअन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडकसमेत निर्माण गरिने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले