२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महेन्द्रनगरका पाँचै गल्लीमा आधुनिक सडक निर्माण गरिने

५ कार्तिक २०७६, मंगलवार ०३:१८

कात्तिक ५, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारका पाँचै गल्लीमा ठूलो लगानीमा नालीसहित पक्की सडक निर्माण गरिने भएको छ । नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो । 

नगरपालिकामा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आह्वान गरिसकेको छ । गुरुयोजना बनाएर बसाइएको महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन पक्रिया अघि बढेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

महेन्द्रनगर योजनाद्ध व्यवस्थित शहर हो । गुरुयोजनाअनुसार निर्माण गरिएको शहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय रहेको  नगरप्रमुख विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माणकार्य प्रक्रिया शुरु गरिएको छ, यसले शहर थप सुन्दर र व्यवस्थित हुने आशा छ ।” 

नगरपालिकाको पहिलो नगरसभाबाटै महेन्द्रनगरलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना शहर बनाउने नीतिगत निर्णय गरेको थियो । नगरपालिकाका इञ्जिनीयर हिमालयसिंह ऐरका अनुसार पाँचै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने छ । साथै उहाँले बजार आसपासका सडक पनि बनाइने बताउनुभयो ।

अहिले भएका सडक पूर्णरूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उहाँले जानकारी दिनुभयो । इञ्जिनीयर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्मका सडक नयाँ निर्माण गरिनेछन् ।

बजारको फुटपाथसमेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबै सडक सात दशमलव ५० मिटर चौडा र आधुनिक हुनेछन् । सडक निर्माण भएसँगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ । पहिलो चरणअन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडकसमेत निर्माण गरिने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा