२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

५ कार्तिक २०७६, मंगलवार १२:११

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  ।

सगुनले भनेको छ 'मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।' 

सगुनले विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाएको छ। सगुनका अनुसार प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन् । उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार छन् । 

प्रयोगकर्ताले Google वा Apple App Store बाट सगुन लाइट डाउनलोड गरेर फोनमार्फत साइन अप गरि आफूलाई मन परेका विषयवस्तुहरु छान्न सक्नेछन् साथै प्रयोगकर्ताले फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गरेपछि क्वाइन कमाउन सक्षम हुनेछन् । 


प्रयोगकर्ताले ड्यासबोर्डमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेपछि सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ । सुरुवातमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिने सगुनले जनाएको छ । प्रयोगकर्ताले एपमा कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर थप क्वाइनहरु कमाउन सक्नेछन । 

विगत केही वर्षदेखि सगुनले सोसियल स्मार्ट कार्डको अवधारणालाई प्रयोगात्मक रुपमा अनुसन्धान र भिजुअलाइज गर्न धेरै समय र ऊर्जा खर्च गरेको जनाएको छ । सगुनले ग्राहकको आवश्यकता, सामान खरिद गर्ने आनीबानीको अध्ययन गरिरहेको जनाएको छ । सगुनले भनेको छ 'हामीले हाम्रा आन्तरिक सगुनकर्ताहरुसँग परीक्षण गर्न बेटा संस्करण सार्वजनिक गर्यौं । उनीहरुले यसलाई मन पराएको र पहिलो दिनदेखि नै क्वाइनहरु कमाउन सुरु गरेको पाउँदा हामी खुसी छौं । हामी प्रत्येक दिन २०० प्रतिशतले विस्तारित भइरहेका छौं ।' 

सगुनले निरन्तर रुपमा अन्य फिचरहरु जस्तैः रिडीमिङ, शपिङ, गिफ्टिङलाई परिचित गराउने र नेपाल तथा भारतका व्यापारिक साझेदारहरु थप गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य