१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकुलेको धापसम्म नियमित बस सञ्चालन

६ कार्तिक २०७६, बुधबार ०६:०७

कात्तिक ६, काभ्रे | जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट बस चढ्ने सुविधा पाएका हुन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बिपी राजमार्गस्थित चौकीडाँडा हुँदै सिसाखानी–सिपाली–बूढाखानी–फोक्सिङटार–मसानेभञ्ज्याङ–देवीटार–घर्तिछाप हँुदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक यात्रुबाहक बस पुगेको छ । 

यसअघि सो बाटो भएर फोक्सिङटारको सानो पोखरासम्म पुगेको भएपनि नियमित रुपमा बुढाखानीको महादेवटारसम्म मात्रै बस पुगेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपालिकाको रामपुर हुँदै बनखु घर्तिछापसम्म हिमाल तराई यातायातको बस पुगेकामा अब जिल्लाभित्रैबाट डाँडापारिको गोकुलेधापसम्म यात्रुबाहक बस पुर्याउन सफल भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 

“पहिला आफ्नै गाउँपालिका डाँडापारि जानका लागि छिमेकी जिल्ला सिन्धुली घुमेर जानुपर्ने बाध्यता थियो, गाउँपालिकाको पहलमा अब आफ्नै जिल्लाबाट नै डाँडापारि जान सक्ने भएको छ”, जिम्बाले भन्नुभयो, “यसरी जाँदा छिटो मात्रै नभएर भाडा पनि रु २०० सस्तो भएको छ ।” यसअघि हिमाल तराई यातायातले सिन्धुली हुँदै घुमेर जानुपर्नेमा बनेपादेखि गोकुलेसम्म रु ७८० दिने गरेकामा अब काभ्रे बस प्रालिले रु ५८० मा सेवा पुर्याएको छ । 

तीन दिनअघि फोक्सिङटारको खानीटार पुगेर गाउँपालिका अध्यक्ष जिम्बा र काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले संयुक्तरूपमा मोटरबाटोको उद्घाटन गर्नुभएको थियो । सो क्रममा गोकुलेको धाप मैनडाँडासम्म नियमितरूपमा बस सञ्चालन गर्ने र तोकिएको भाडादर लिने विषयमा सम्झौतासमेत भएको थियो । बनेपाबाट धापसम्म दैनिक दुई बस सञ्चालन हुने भएका छन् । बनेपादेखि धापसम्म ७८ किलोमिटर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कृतिमानी लक्ष्य लुम्बिनीको सातौ विकेट पतन, सन्दीपले लिए लगातार दोस्रो विकेट प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य