२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी चौडा पार्ने काम रोकियो

२०७६, ८ कार्तिक शुक्रबार ०४:४३

कात्तिक ८, बलेवा | भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । 

बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको अक्षेते पुग्ने खण्डको खहरे नजीकैको भिरमा चौडा पार्ने भनेर जिल्ला प्रशासनमा बसेको बैठकले सडक रोकेको थियो । तर एक महीनामा आधा काम पनि नभएपछि अहिले अलपत्रै जस्तो छ । लोकमार्ग आयोजना र ठेकेदार कम्पनीले एक महीनाभित्रै काम सक्ने दाबी गरेकामा अलपत्रै छाडेको हो । काम अलपत्र परेपछि सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । पैदल यात्री हिँड्न पनि सास्ती भएको स्थानीयवासीले बताए ।

लोकमार्गको खण्ड भए पनि जिल्लाका अधिकांश बासिन्दा यो सडक भएर पश्चिमतर्फ जानुपर्छ । “सबै राम्रो बाटो हिँडे पनि सदरमुकाम आइपुग्दा जोखिम मोल्नुपर्छ”, बडिगाड–२ का कमल पौडेलले भन्नुभयो, “प्रशासन र नेताहरुले पनि किन चासो राख्दैनन्, बुझ्नै सकिएन ।” हरेक दिन बिहान ०७:३० देखि ०९:३० बजेसम्म २ घण्टा र दिउँसो १०ः३० देखि बेलुकी ५ बजेसम्म सडक बन्द गराएर सडक चौडाको काम गरिएको थियो ।

उक्त कामबाट सोचेजस्तो उपलब्धि नभएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर रामप्रसाद सुवेदीले बताउनुभयो । “ठेकेदारले राम्रो काम गरेन, चाडपर्वमा जनताले झनै सास्ती पाउने भए भनेर रोकेका छौँ”, सुवेदीले भन्नुभयोे, “तिहारपछि प्रभावकारी काम गर्छौं ।” प्रजिअ लुकबहादुर क्षेत्रीले समेत कामको गति राम्रो नदेखेपछि चाडपर्वमा जनतालाई सास्ती नदिन निर्देशन दिएपछि काम रोकिएको बताउनुभयो । खहरे खण्डमा यहाँ ठूलो पहरा भएकाले अहिलेसम्म सडकको ट्र्याक मात्र छ । हिलो र पहरो भएकाले साना सवारी साधन ठोकिन्छन् । 

ठेक्का लिएको भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीका इन्जिनीयर मिहिर सिंहले भने काम एक महीनामा सक्ने दाबी गरेका थिए । अहिले भने उनीहरु काम छाडेर सम्पर्कविहीन भएका छन् । चाडपर्व मनाउन गएकाले उनीहरु तिहारपछि मात्र आउने सुवेदीले बताउनुभयो । यो खण्डमा वर्षौंदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि प्रजिअ क्षेत्रीले आयोजना प्रमुखलाई बोलाएर काम गर्न भन्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ