२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

८ कार्तिक २०७६, शुक्रबार ०४:५७

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । 

सरकारको नीतिअनुसार आगामी चैतसम्म अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महीना एक दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्यालले पनि बोल्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ