७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्र बैंकमा विज्ञापन खुल्यो, ६७ जनालाई जागिरको अवसर

८ कार्तिक २०७६, शुक्रबार ०८:२८

कात्तिक ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै तीन वटा पदमा ६७ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदमा २८ जना, अधिकृत तृतीय स्तरकै लेखापरीक्षणतर्फ ८ जना र सहायक द्धितीय पदका लागि ३१ जना कर्मचारी माग गरेको छ । 

सहायक निर्देशक पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकोले मात्र आवेदन दिन पाउनेछन् । लेखापरीक्षण तर्फको पदका लागि सिए उत्तीर्ण गरि स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको छ । सहायक द्वितीय स्तरको पदका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

 योग्यता पुगेका नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत आवदेन दिन सक्ने छन् । आवेदकले शुक्रवारदेखि कार्त्तिक २८ सम्म सिंगल दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

विज्ञापन हेर्नुहोस् 

No photo description available.

Image may contain: text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?