२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

१३ कार्तिक २०७६, बुधबार ०३:३०

कात्तिक १३, सिञ्जा । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् । 

पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले बताउनुभयो । युवाले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका हुन् । पञ्चेबाजा पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पञ्चेबाजा नेपाली धार्मिक एवम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको छ । 

पञ्चेबाजा जोगाउने अभियानमा गैरदलित युवा समावेश छन् । घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन् । यो बाजा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतमा मङ्गलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ । मङ्गल धुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । “यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता हो”, गिरीले भन्नुभयो । 

शहरी भेगमा आधुनिक ब्याण्डबाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ । पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि समस्या भएको हो । “पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन पहल थालिएको छ”, उहाँले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन् ।

गाउँघरमा पञ्चेबाजा बजाउने व्यक्ति भेटिन छाडेका छन् । बाह्रदेखि १८ जनासम्मको समूहमा मिलेर बाजा बजाइन्छ । मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको यहाँका युवा बताउँछन् । चन्दननाथ–१० का युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने