2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

कात्तिक १३, सिञ्जा । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् । 

पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले बताउनुभयो । युवाले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका हुन् । पञ्चेबाजा पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पञ्चेबाजा नेपाली धार्मिक एवम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको छ । 

पञ्चेबाजा जोगाउने अभियानमा गैरदलित युवा समावेश छन् । घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन् । यो बाजा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतमा मङ्गलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ । मङ्गल धुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । “यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता हो”, गिरीले भन्नुभयो । 

शहरी भेगमा आधुनिक ब्याण्डबाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ । पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि समस्या भएको हो । “पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन पहल थालिएको छ”, उहाँले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन् ।

गाउँघरमा पञ्चेबाजा बजाउने व्यक्ति भेटिन छाडेका छन् । बाह्रदेखि १८ जनासम्मको समूहमा मिलेर बाजा बजाइन्छ । मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको यहाँका युवा बताउँछन् । चन्दननाथ–१० का युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने