२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रविधि पछ्याउँदै किसान

२०७६, १९ कार्तिक मंगलवार ११:२९

कात्तिक १९, बागलुङ । गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो । 

उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र  पराल बोक्न ट्र्याक्टर तथा खेत जोत्न यान्त्रिक हलो प्रयोग गरे । फाँटमा न गोरु देखिए न कतै दाइँ गरेको पाइयो । किसानले धान काट्न र झाँट्न भने खेताला लगाए अर्थात् परम्परागत सीप नै अपनाए । “पहिले दिनभर धान काटेर र झाँटेर रातारात परालको दाइँ पनि फालिन्थ्यो”, स्थानीयवासी बाबुराम थापाले भन्नुभयो, “अहिले त खेतमा गोरु देखिन नै छाडे, गाउँमा खेताला पाउन नै गाह्रो छ ।” रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायत बाली लगाउँदा यान्त्रिक हलो नै प्रयोग हुन्छ । खेतबारी जोत्न आधुनिक प्रविधि भित्रिएपछि गोरु पाल्ने चलन हराउन थालेको छ । वर्ष दिनसम्म गोरु पाल्ने खर्च र दुःखभन्दा यान्त्रिक हलो सस्तो पर्ने उहाँको भनाइ थियो । 

आधुनिक प्रविधिले पम्परागतखेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समय पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला  पनि पाइन छाडेका बेला आधुनिक औजार तथा उपकरणले किसानलाई राहत मिलेको छ । यान्त्रिक हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा यस्ता हलो खरिद गरेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् । स्थानीय सूर्य थापाले रु दुई लाख खर्चेर छ महिनाअघि ‘मिनिटिलर’ किन्नुभएकामा उहाँ अहिले यसकै काममा बेफुर्सदिलो हुनुहुन्छ । खेतमा गहुँ छर्न ‘मिनिटिलर’ को दैनिक माग आउन थालेको छ । 

“खेती लगाउने याममा त भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “एक घण्टा जोत्दा रु एक हजार आउँछ ।” एक हल गोरुले दिनभरमा जोत्ने खेत ‘मिनिटिलर’ले एक÷डेढघण्टामै जोत्ने गरेको छ । व्यावसायिक कृषि गर्ने यहाँका थुप्रै किसानले ‘मिनिटिलर’ खरीदमा सरकारी अनुदानसमेत पाएका छन् । गलकोट नगरपालिकाले गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ३९ ‘मिनिटिलर’ वितरण गरेको थियो । प्रदेश सरकारबाट प्राप्त रु ५६ लाख पनि आधुनिक प्रविधियुक्त कृषि र पशु ‘फार्म’मा खर्च गरेको थियो ।

“कृषिको यान्त्रिकीकरण विस्तारै बढ्दै छ, किसान पनि व्यावसायिक कृषितिर आकर्षित छन्”, नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले भन्नुभयो, “कृषि क्षेत्रलाई सीप र प्रविधियुक्त बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छौँ । ”  यान्त्रिकीकरणले लागत घटाउने र उत्पादन बढाउने उहाँको भनाइ थियो ।पछिल्लो समय कृषिमा उन्नत प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ । परम्परागत कृषि प्रणालीलाई सुधारेर कृषिलाई व्यावसायिक बनाउने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा उपकरण प्रदान गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा