2026-09-14 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रविधि पछ्याउँदै किसान

कात्तिक १९, बागलुङ । गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो । 

उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र  पराल बोक्न ट्र्याक्टर तथा खेत जोत्न यान्त्रिक हलो प्रयोग गरे । फाँटमा न गोरु देखिए न कतै दाइँ गरेको पाइयो । किसानले धान काट्न र झाँट्न भने खेताला लगाए अर्थात् परम्परागत सीप नै अपनाए । “पहिले दिनभर धान काटेर र झाँटेर रातारात परालको दाइँ पनि फालिन्थ्यो”, स्थानीयवासी बाबुराम थापाले भन्नुभयो, “अहिले त खेतमा गोरु देखिन नै छाडे, गाउँमा खेताला पाउन नै गाह्रो छ ।” रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायत बाली लगाउँदा यान्त्रिक हलो नै प्रयोग हुन्छ । खेतबारी जोत्न आधुनिक प्रविधि भित्रिएपछि गोरु पाल्ने चलन हराउन थालेको छ । वर्ष दिनसम्म गोरु पाल्ने खर्च र दुःखभन्दा यान्त्रिक हलो सस्तो पर्ने उहाँको भनाइ थियो । 

आधुनिक प्रविधिले पम्परागतखेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समय पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला  पनि पाइन छाडेका बेला आधुनिक औजार तथा उपकरणले किसानलाई राहत मिलेको छ । यान्त्रिक हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा यस्ता हलो खरिद गरेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् । स्थानीय सूर्य थापाले रु दुई लाख खर्चेर छ महिनाअघि ‘मिनिटिलर’ किन्नुभएकामा उहाँ अहिले यसकै काममा बेफुर्सदिलो हुनुहुन्छ । खेतमा गहुँ छर्न ‘मिनिटिलर’ को दैनिक माग आउन थालेको छ । 

“खेती लगाउने याममा त भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “एक घण्टा जोत्दा रु एक हजार आउँछ ।” एक हल गोरुले दिनभरमा जोत्ने खेत ‘मिनिटिलर’ले एक÷डेढघण्टामै जोत्ने गरेको छ । व्यावसायिक कृषि गर्ने यहाँका थुप्रै किसानले ‘मिनिटिलर’ खरीदमा सरकारी अनुदानसमेत पाएका छन् । गलकोट नगरपालिकाले गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ३९ ‘मिनिटिलर’ वितरण गरेको थियो । प्रदेश सरकारबाट प्राप्त रु ५६ लाख पनि आधुनिक प्रविधियुक्त कृषि र पशु ‘फार्म’मा खर्च गरेको थियो ।

“कृषिको यान्त्रिकीकरण विस्तारै बढ्दै छ, किसान पनि व्यावसायिक कृषितिर आकर्षित छन्”, नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले भन्नुभयो, “कृषि क्षेत्रलाई सीप र प्रविधियुक्त बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छौँ । ”  यान्त्रिकीकरणले लागत घटाउने र उत्पादन बढाउने उहाँको भनाइ थियो ।पछिल्लो समय कृषिमा उन्नत प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ । परम्परागत कृषि प्रणालीलाई सुधारेर कृषिलाई व्यावसायिक बनाउने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा उपकरण प्रदान गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले