Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

<p><b>&nbsp;कात्तिक २०, अर्घाखाँची । </b>सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।&nbsp;</p><p>घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।&nbsp;</p>

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।